साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब विचार मर्छ

हिजो अभिन्न भएको भरमा आज सती जान नसकिने रहेछ देखेको सपनामा विश्वास रहेसम्म गतिशीलताको वेग रोकिँदो रहेनछ पुनः सपना देख्न छोडिंदो रहेनछ ।

Nepal Telecom ad

विमल अर्याल :

जब विचार मर्छ
तब के बाँकी रहन्छ ?
जब सिद्धान्त बदलिन्छ
तब के बाँकी रहन्छ ?
गुदी रहँदैन
बोक्रा बाँकी रहन्छ
सार रहँदैन
रूप बाँकी रहन्छ
जब बाली लाग्ने समय घड्क्यो
न फूल फुल्न सक्छ
न फल लाग्न सक्छ
लामो त्याग र बलिदानको मूल्य
कसैको दम्भमा बली चढाउनुपर्ने
लामो सङ्घर्षबाट प्राप्त उपलब्धि
धुजा धुजा बनाएको सहनुपर्ने
कस्तो हुकुम हो यो
कस्तो अहम् हो याे
यो बल्लबल्ल विपना नजिक पुगेको सपना चकनाचुर पार्ने तिमी
झऱ्यामधुरूम पार्ने तिमी
चेत नखुलेका जमात बोकेर
जय जयकारमा मस्त भएर
हाम्रो अभियानलाई सानो ठानिरहेछौ ।
विशाल ज्वाला
सानो फिल्काबाट सुरुआत हुन्छ
हरेक विद्रोह
सत्ता र शक्तिको अत्याचारबाट जन्म हुन्छ ।
चाहे घरको होस्
चाहे समाजको होस्
चाहे देशको सत्ता होस्
चाहे पार्टीको सत्ता होस्
विचलनतर्फ लाग्छ भने
हिजो काँध थापेको भरमा
हिजो अभिन्न भएको भरमा
आज सती जान नसकिने रहेछ
देखेको सपनामा विश्वास रहेसम्म
गतिशीलताको वेग रोकिँदो रहेनछ
पुनः सपना देख्न छोडिंदो रहेनछ ।

०००
२०७८ पौष १२
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आएपछि

आएपछि

विमल अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x