साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लडाइँ

लाश बुझ्ने क्रममा छोराहरूबीच ठूलो विवाद चर्थ्यो । यहाँसम्म कि क्रियापुत्री बस्ने ठाउँमा नै दाजुभाइबीच हात हालाहालको स्थिति सृजना भयो ।

Nepal Telecom ad

विवश पोखरेल :

बा त्यतिबेला छाँगाबाट खस्नुभयो । जुनबेला अंशवन्डाका नाममा वृद्ध बाको भागमा खोलामा कुद्ने एक बिगाहा जग्गा छुट्टयाएर बाको सरलपन र अज्ञानतामाथि छोराहरूले कुटनीतिक चाल चले । त्यो कुरा त्यतिबेला उ‌द्घाटित भयो, जब कान्छी बुहारीले अबदेखि बाको स्याहारसुसार र रेखदेख नगर्ने उ‌द्घोषसँगै बालाई आफ्नो भागको जग्गामा घर बनाएर बस्ने सुझाव दिइन् । सधैं उनको पक्षको बहस गर्ने आदर्शवादी र नैतिकवान ठहर गरेको कान्छो छोरो स्वास्नीको बहादुरीमा ङिच्च हाँस्यो, केही बोलेन ।

गाउँमा आफूले दुःख गरेको सम्पतिले छोराहरूलाई शहर पढ्न पठाएको यथार्थ। त्यहीक्रममा आफ्नी प्रिय अर्धाङ्गिनीको मृत्युशोक । छोराहरू आफ्नो खुट्टामा उभिन सक्षम भएपछि उनीहरूकै आग्रहअनुसार शहरको बसाइँसराई । आफ्नो सम्पूर्ण भएर पनि आफ्नै घरमा अनाथ हुनुको पीडा । अन्तिमपटक बाको मन नमिठो गरी कुँडियो । पूर्वस्मृति प्रतिबिम्वित भयो बाको मानसपटलमा । बा शहरबाट घर फर्किदा सामान्य टाउको मात्र दुख्दा पनि एउटा छोरो टाउको थिच्दथ्यो, अर्को छोरा खुट्टा । यसरी छोराहरू बाको सेवामा स्नेहका अंशवन्डा गर्दथे । कति अन्तर विगत र वर्तमानमा । अब बाभित्र सपनाजस्तै मात्र झझल्काहरू बाँकी रहे।

“बा ! हजुरलाई त के छ र ? चार महिना मेरोमा चार महिना भाइहरूकोमा बस्दा पनि वर्ष बित्छ । जग्गा अंशवन्डा गर्ने बेलामा जेठा छोराको स्नेह साँच्चै नै उदाहरणीय थियो। त्यसबेला बाले अंशबन्डाका कुनै कागजपत्र पनि हेर्नुभएन- निसंकोच सही ठोक्नुभयो ।

बिचरा बालाई के थाहा ? मान्छे द्रव्यपिशाच हो, सम्पत्ति र सुखको मोहमा मान्छे अवसरवादी हुन्छ । अनैतिक र कत्तर्व्यहीन हुन्छ विवाहपश्चात छोराहरू परिवर्तन हुन्छन् भन्ने बाले कहिले सोच्नु भएन ।

गहिरो निक्र्योलपछि अन्ततः ओत लाग्न बाले एउटा अनाथालयको सहारा लिनपयो । पूजापाठ, भजनकीर्तन बाको दिनचर्या बन्यो ।

अनायास एकदिन स्वस्थानीपात्र शिवभट्ट ब्राह्मणको प्रतिरूप बाले पूजा गर्ने फूल टिप्न सडक पार गर्ने कममा वेगमा आएको एउटा ट्रकले कच्याककुचुक पायो । उनको आकस्मिक मृत्युमा वुहारीहरू छाती पिटिपिटी रून थाले । छोराहरू शोकग्रस्त भए । लाश बुझ्ने क्रममा छोराहरूबीच ठूलो विवाद चर्थ्यो । यहाँसम्म कि क्रियापुत्री बस्ने ठाउँमा नै दाजुभाइबीच हात हालाहालको स्थिति सृजना भयो ।

“बालाई मैले पालेको थिएँ”- जेठो छोरो कुर्लियो । “बा मेरो संरक्षणमा हुनुहुन्थ्यो । माइलाले मुड्की बजार्यो ।

“बाँचुन्जेल बाको स्याहारसुसार मैले गरेको थिएँ- कान्छो छोरा उफ्रियो ।

छिमेकीहरू हाँसे । एउटा प्रतिष्ठित कम्पनीको ट्रकले बालाई किचेको थियो र छोराहरूको लडाइँ बाको मायाको लागि होइन, सवारी दुर्घटना गर्ने कम्पनीले दिने क्षतिपूर्ति र क्रियाखर्च वापतको रकमको लागि थियो ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
0
Would love your thoughts, please comment.x
()
x