साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी त्याग र नवपार्टी प्रवेश गीत

किस्ता किस्ता तिम्रा कुरा उतै चलाउने छु अर्को पाटी प्रवेश गरी झन्डा हल्लाउने छु छाडियाे है छाडियाे, तिम्राे पाटी छाडियो नरे काजी आजैदेखि सारै भाँडियो

Nepal Telecom ad

हाेम सुवेदी :

याे पाटीमा बसूँ भनेको भोटो फेर्न पाइनँ
पाटीभित्रकाे रङ्गचङ्गी केही हेर्न पाइनँ
अध्यक्ष र सचिबले सुनकै लुगा फेरे
इज्जत थाम्ने लुङ्गीसम्म मैले बेर्न पाइनँ
छाडियाे है छाडियाे, तिम्राे पाटी छाडियो
नरे काजी आजैदेखि सारै भाँडियो
यसै भाँडियो उसै भाँडियो
नरे काजी आजैदेखि सारै भाँडियो ।।

तताउनु पर्नेलाई चिस्याउन खोज्छौ
राम्राराम्रा छानी छानी घिस्याउन खाेज्छौ
चिसाे राँगो लाएपछि कहाँ हुन्छ भर्ना
खोजी खोजी लगाउँछौ ताताे तातो अर्ना
छाडियाे है छाडियाे, तिम्राे पाटी छाडियो
नरे काजी आजैदेखि सारै भाँडियो
यसै भाँडियो उसै भाँडियो
नरे काजी आजैदेखि सारै भाँडियो ।।

जता जान मन हुन्छ उतै अब जाने
चिसिएका रछौ तिमी बल्ल मैले माने
तिम्रा गोप्य कुराहरू सबै खोल्दिने छु
अर्को पाटी प्रवेश गरी सबै बोल्दिनेछु
छाडियाे है छाडियाे, तिम्राे पाटी छाडियो
नरे काजी आजैदेखि सारै भाँडियो
यसै भाँडियो उसै भाँडियो
नरे काजी आजैदेखि सारै भाँडियो ।।

सक्छौ भने अझ पनि मलाई त्यतै थाम
नसके ता यत्रैसिती आफ्नै ओछिन छाम
किस्ता किस्ता तिम्रा कुरा उतै चलाउने छु
अर्को पाटी प्रवेश गरी झन्डा हल्लाउने छु
छाडियाे है छाडियाे, तिम्राे पाटी छाडियो
नरे काजी आजैदेखि सारै भाँडियो
यसै भाँडियो उसै भाँडियो
नरे काजी आजैदेखि सारै भाँडियो ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x