फित्काैली डटकमछन्दशिल्पी वियोगीलाई खेमलाल हरिकला पुरस्कार
चितवन साहित्य परिषद्वारा कृति मूल्यांकनका आधारमा प्रदान गरिने उक्त पुरस्कार २०८२ सालमा प्रकाशित उनकाे `काव्यतपसी´शीर्षकीय महाकाव्यका लागि प्रदान गर्न लागिएकाे हाे ।

पाेखरा । पाेखरेली स्रष्टा छन्दनायक माधव वियाेगीलाई चिसाप खेमलाल हरिकला लामिछाने साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ ।
चितवन साहित्य परिषद्वारा कृति मूल्यांकनका आधारमा प्रदान गरिने उक्त पुरस्कार २०८२ सालमा प्रकाशित उनकाे `काव्यतपसी´शीर्षकीय महाकाव्यका लागि प्रदान गर्न लागिएकाे हाे । साहित्यकार एवम समाजसेवी जीवा लामिछानेले आफ्ना मातापिताकाे सम्मानमा चिसापद्वारा वितररण गर्ने गरी स्थापित साे पुरस्कार २०८२ सालमा प्रकाशित भई चिसापमा मूल्यांङ्कनार्थ पेश भएका कृतिहरूमध्ये मूल्यांकन समितिले छन्दनायक वियाेगीकृत काव्यतपसी महाकाव्य सर्वाेत्कृष्ट ठहर्याएकाे थियाे ।
छन्दनायक वियाेगी यही २१ गते आइतबार काठमाण्डाैमा डायमनशमशेर प्रतिभा पुरस्कारबाट सम्मानित भएका थिए । यस अघि उनले पल्लव साहित्य पुरस्स्कार, छन्दरथी पुरस्कार, जसुन्धरा पुरस्कार, राधालक्ष्मी पुरस्कार, प्रतिभा पुरस्कार, रत्न श्रेष्ठ पुरस्कार, महाकवि देवकाेटा पुरस्कार लगायत डेढदर्जन बढी पुरस्कार प्राप्त गरिसकेका छन् ।
१० महाकाव्यसहित् ४२ वटा पुस्तकका स्रष्टा प्रकाशन गर्नाको साथै वियाेगीले नेपाली भाषाको श्रीवृद्धिमा लामो समयदेखि संस्थागत रूपमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । चिसापबाट उनी दाेस्राे पटक पुरस्कृत हुन लागेका हसन् । यस अघि २०६२ मा उनीद्वारा सिर्जत `छन्दशिराेमणि´ महाकव्यलाई साेही संस्थाले कृष्णकुमारी गुरुङ् स्मृति पुरस्कार प्रदान गरेकने थियाे ।
जनप्रिय बहुमुखी क्याम्पसक पूर्व प्रमुखसमेत् रहेका उनी छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानका संचालक हुन् । छन्दनायक वियाेगी गृह पुस्तकालय अभियानका गण्डककी प्रदेश संयाेजक पनि हुन् भने छन्द विश्वविद्यालयकाे स्थापनार्थ उनी लागिपरेका छन् ।
चितवन साहित्य परिषदले जारी गरेकाे सूचना अनुरूप छन्दनायक वियाेगीलाई नगद रु. ५०,०४५ रुपैयाँ राशिकाे साेे पुरस्कार भानुजयन्तीकाे अवसर पारी यही असार २८ गते भरतपुरमा आयाेजित एक विशेष समाराेहमा प्रदान गरिनेछ । साेही समाराेहमा बुनु लामिछाने,गायत्री श्रेष्ठ र शान्ति शर्मालाई पनि सम्मान गरिने जनाइएकाे छ ।
०००
दीपक समीपकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































