साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

समाजकी सभापति गीता बस्नेतको सभापतित्व तथा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाको प्रमुख आतिथ्य रहेको थियो।

Nepal Telecom ad

क्यारी, नर्थ क्यारोलाइना (अगस्ट २, २०२६) । प्रवासी नेपाली जीवनका अन्तरद्वन्द्व, पहिचान, स्मृति र नेपालप्रतिको नोस्टाल्जियालाई काव्यिक अभिव्यक्ति दिएको डा. शरद पराशर मरहट्टाको कविता सङ्ग्रह ‘यता कि उता ?’ अमेरिकाको नर्थ क्यारोलाइनास्थित क्यारीमा विमोचन गरिएको छ ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा समाजकी सभापति गीता बस्नेतको सभापतित्व तथा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन डा. ऋषि बस्ताकोटीले गरेका थिए ।

प्रमुख अतिथि डा. निहारिका, सभापति बस्नेत र कमला मरहट्टाले संयुक्त रूपमा कृति विमोचन गरेका थिए। त्यसपछि कृतिमाथि परिचर्चा तथा कविता वाचन गरिएको थियो । उमा शर्मा, शिव पलाँस, नम्रता गुरागाईं र ईश्वर देवकोटाले कृतिका विभिन्न पक्षमाथि आफ्ना धारणा प्रस्तुत गरेका थिए भने कमला मरहट्टाले कविता वाचन गरेकी थिइन् ।

परिचर्चाका क्रममा वक्ताहरूले ‘यता कि उता ?’ लाई प्रवास, पहिचान, स्मृति, सम्बन्ध, समय र मानिसको मानसिक तथा भावनात्मक द्वन्द्वसँग जोडेर व्याख्या गरेका थिए । उनीहरूका अनुसार कृतिको शीर्षकले भौगोलिक यात्रासँगै प्रवासी नेपालीको मानसिक, भावनात्मक र अस्तित्वगत दोबाटोलाई समेत सङ्केत गर्छ।

प्रमुख अतिथि डा. नीलम कार्की निहारिकाले प्रवासी नेपालीहरूको जीवन र अनुभूतिमाथि केन्द्रित कविता सङ्ग्रहको अभाव रहेको वर्तमान अवस्थामा ‘यता कि उता ?’ ले उक्त रिक्तता पूर्ति गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपाली साहित्यको सिर्जना र विस्तारमा प्रवासी नेपाली समुदायले पुर्यानएको योगदानको चर्चा गर्दै कृतिले पाठकसँग अर्थपूर्ण संवाद स्थापित गर्ने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा प्रा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल तथा ददीन पाण्डेले लेखकलाई शुभकामना दिएका थिए । आयोजक संस्थाका वरिष्ठ उपसभापति मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लेखक डा. मरहट्टाले विमोचन कार्यक्रममा सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए। सभापति गीता बस्नेतको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो ।

चार दशकदेखि साहित्यिक सिर्जनामा सक्रिय डा. मरहट्टाले कविता लेखनसँगै ‘भर्चुअल पोएट्री’ साहित्यिक कार्यक्रमको सञ्चालनलगायत विभिन्न सिर्जनात्मक गतिविधिमा योगदान दिँदै आएका छन् । मकालु ग्रुप अफ कम्पनी प्रा. लि., डिल्लीबजार, काठमाडौंबाट प्रकाशित ‘यता कि उता ?’ ले प्रवासी नेपाली जीवनका अनुभव, स्मृति, पहिचान र अन्तर्द्वन्द्वलाई केन्द्रमा राख्दै समकालीन प्रवासी नेपाली साहित्यमा आफ्नो उपस्थिति जनाएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x