साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती आउँदैछ रे !

परबाट माउते गुड्दै आएको थियो, पाङ्ग्रामा ब्रेक थिएन ! कानुनले तराजु छाड्यो बाउले अझै ऋण गन्दैछन् छोराले विदेशको नक्सा हेर्दैछ ! ओइ माउते ! खोई हात्ती आएको ?

Nepal Telecom ad

जीवनपानी :

माउतेहरू आवाज फलाक्दै आए-
“हात्ती आउँदैछ !”
सुनेर हामीले,
गाउँभरि दीपावली गर्न थाल्यौँ !
घरका ढोका बन्द थिए- खोल्यौँ,
सपना झिक्यौँ,
भकारी रित्तायौं,
र सबै आजै पकायौँ !
“विश्वास गर्नुपर्छ”
यो हाम्रो संस्कार थियो,
अतः हामीले-
आफ्नै भाग्यलाई मतपेटिकामा हाल्यौँ !
माउतेहरूले भनेका थिए-
“अब न्यायका लागि गोर्खा जानुपर्दैन”
भोको पेटलाई देख्ने-
“महिन्द्र मल्ल”का आँखा,
जनता स्वयंले पाउनेछन्,
र -मनका घाउहरूले मलम पाउनेछन् !
यसो भन्दै-
जब ती कुर्सीमा पुगे,
कुर्सी नै देवता बन्दियो,
यसर्थ,
औषधि किन्न आमाले-
हिजो खोर रित्याएर बाख्रा बेचिन् !
स्कुलमा-
भाषण बाक्लो हुन्छ,
घोषणापत्रको पढाइ हुन्छ,
त्यहाँ –
जनयुद्धका साध्यहरू सिद्ध हुँदैनन् !
अस्पताललाई-
उद्घाटनका ठूला ब्यानरहरू ओडाइन्छन्,
जहाँ-
बिरामी आउँछन्,
डाक्टर आउँदैनन् !
उता देब्रे आँखाको कुनाबाट,
दर्शन बोल्छ-
लोभले विवेकलाई अन्धो बनाउँछ,
यता दाहिने आँखाको कुनाबाट,
विज्ञान बोल्छ-
शक्ति नियन्त्रण नभए,
ऊर्जा विस्फोट हुन्छ !
हामीले दुवै देख्यौँ-
शक्ति विस्फोट भयो,
विवेक ढल्यो
माउतेहरूको आदर्श
भाषणमै सीमित रह्यो,
संस्कृति पोस्टर बन्यो !
हामीले माउतेलाई भन्यौँ-
हामीले रगत होइन,
विश्वास बगाएका थियौँ
खोइ हात्ती ?
हाम्रो विश्वास
नाफाको हिसाब होइन,
खोई हामीले दिएको मत-
कुन प्रयोगशालामा हरायो ?
विज्ञानले आँसु पुछ्दै,
गाउँलेलाई भन्यो –
“मानव चेतना
पतन भइसक्यो !”
“हात्ती आउँदैछ !”
हल्ला आयो,
हात्ती फुस्सा !
भित्तामा हात्तीको ऐना झुण्डियो,
ऐनामा पेटहरू मात्रै थिए-
सत्ताधारीका अनुहारहरू थिएनन् !
परबाट
माउते गुड्दै आएको थियो,
पाङ्ग्रामा ब्रेक थिएन !
कानुनले तराजु छाड्यो
बाउले अझै ऋण गन्दैछन्
छोराले विदेशको नक्सा हेर्दैछ !
ओइ माउते !
खोई हात्ती आएको ?

०००
पुरानो कालिमाटी काठमाडौँ- १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x