साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज

लाजै पुज्य भए पुराण जसरी देशै अध्यारो भयो बिक्छन् लाजहरू सुटुक्क यसरी आस्था उधारो गयो लाजै हाे गहना कि निर्लज हुँदै भन्छन् कि सञ्जीवनी छाेप्लान् लाज जसै छ नाेट जसका लेख्छन् अझै जीवनी ।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

लाजै छैन कतै भने अलिकता हाँसेर के गर्दछ
लाजै मानिसमा हटेछ यसरी हेर्ने उता डर्दछ
नाङ्गो हाेस् अथवा लुगा छ भरिलाे राम्रै सजाए पनि
लाजै हाँस्न सकाेस् लुकाउन सकाेस् नारा लजाए छ नि।।

आँखा लाज नहेर्नु है सडकका पिर्ला भरे रातमा
लाजैकाे महिमा पुकार किन हाे फिर्ला यता साथमा
सत्ताकाे पगरी गुथी सदनमा नेता रमाए कति
लाजै हाे जगको मियाे यदि भने बुझ्लान् र के सन्तति ?

नाङ्गे लाज सँगै लजालु कसरी हाेला र खै जान्दिन
लाजै तन्त्र खुलाेस् समग्र भरियाेस् लुच्चा सबै मान्दिन
लाऊन् मन्त्र सबै गरून् भजन नै मान्छे बचाओस् अरू
लाजै शासनका मुहार जति छन् फ्यालाैं सिकारी बरू।।

लाजै माेह गरेर डुल्छ जगमा आस्था जलाए अति
लाजैकाे अनुहार हेर त्यो मनुजमा गर्ला र के उन्नति ?
देला दर्द खुबै घमण्ड धनकाे मान्छे किन्याे लाजका
के बुझ्लान् कलिला पढेर कविका लाजे कथा आजका।।

लाजै पुज्य भए पुराण जसरी देशै अध्यारो भयो
बिक्छन् लाजहरू सुटुक्क यसरी आस्था उधारो गयो
लाजै हाे गहना कि निर्लज हुँदै भन्छन् कि सञ्जीवनी
छाेप्लान् लाज जसै छ नाेट जसका लेख्छन् अझै जीवनी ।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x