साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका जिन्दगानी

नजिक नजिकबाटै वृद्धका दुःख देखें सकस रुमलिएका शब्दले काव्य लेखें घरिघरि सब लेखून् वृद्ध गाथा कहानी सुखमय अब बनाेस् वृद्धका जिन्दगानी ।।

Nepal Telecom ad

इन्दिरा प्रयास :

न त महसुस गर्छन् राेग लाग्दा थकानी
पुलकित मन पार्दै निख्रियाे त्यो जवानी
सुख र सयल भन्ने अर्थ के हाे नबुझ्दै
अनवरत खटेका हुन् कसैले नसाेध्दै ।।

अलिकति पनि एक्लै खान खान्नन् नख्वाई
रमझम अझ के हाे खै बुझे आफुलाई
कदम कदम झुल्थ्याे बाध्यता थे अनेक
कठिन कठिन लाग्छन् जिन्दगी एक एक ।।

उकुसमुकुस बढ्छन् अन्त्य सम्झी मलाई
धुरुधुरु मन राेयाे सम्झिदा सत्यलाई
सहृदय पनि छैनन् आँशु लाग्छन् मुहान
विरह बहुत बढ्छन् मध्य राती बिहान ।।

कति दशक छ हाेला आयु पट्यार लाग्दाे
नियति पनि सधैं लाग्ने दुखाएर भाग्दाे
तनमन सब गल्दै जान्छ व्याथा बढेर
मनुज किन नबुझ्ने वृद्ध बेला पढेर ।।

घरिघरि घरकाे बाटो निहाल्छन् ढुकेर
विगत झलक घुम्छन् याद रुन्छन् लुकेर
सकस पल उनैको याद बढ्छन् सचित्र
सकल समय खर्चे ख्याल गर्दै विचित्र।।

कपट रहित माया निर्झरीका समान
सलल सलल बग्छन् स्नेहका ती मुहान
जव थकित बनी खाेक्छन् उनी राेग लागी
करकर हुन थाल्यो बाहिरिन्छन् अभागी ।।

नजिक नजिकबाटै वृद्धका दुःख देखें
सकस रुमलिएका शब्दले काव्य लेखें
घरिघरि सब लेखून् वृद्ध गाथा कहानी
सुखमय अब बनाेस् वृद्धका जिन्दगानी ।।

०००
सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x