लालबाबु शर्मा पोखरेलसयौँ पीडा खेपी
सबै प्राणीलाई प्रकृति विधिले बाँद्धछ भनी गरौँ सेवा हामी पलित जनकाे सेवक बनी हिँडौँ तन्नेरी हाे मलहम लिई झट्ट सबले खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।
लालबाबु पाेखरेल :
सयौँ पीडा खेपी दिन गनिरहे वृद्ध जनले
लिई बाटो आफ्नो दिनदिन विदा माग्छ तनले
जता हेर्यो छाया जलधर पसेकाे नजरमा
गुनासो काे सुन्ला शिथिल वयकाे मन्द स्वरमा ।१
दरिद्री हर्कन्थे हिकमत गरी मुष्टि कसिँदा
चुनौती तर्कन्थे श्रमसिकरले देह रसिँदा
हरे ! यी याेद्धाकै घर हुन गयाे आश्रम सरी
बुढ्यौलीमा बाेल्याे विकल मनकाे व्याकुल चरी ।२
तरी बर्खे खाेला तट छुन पुगे जाे सहजले
त्यतै बिर्से लौरो मतलब सकेका अनुजले
बिकामे छन् अग्ला महल अहिले सन्ततिविना
कुना यौटा पक्री विरह सहँदै बित्दछ दिन ।३
म तिम्रै आँखाले गगनबिचकाे हेर्दछु शशी
म तिम्रै मायाले यमसित लडूँ कम्मर कसी
लिई छाती तिम्रै हरपल चलाऊँ ढुकढुकी
भनी आत्मा बाेल्याे जरण दिलकाे कुन्तर लुकी ।४
सबै प्राणीलाई प्रकृति विधिले बाँद्धछ भनी
गरौँ सेवा हामी पलित जनकाे सेवक बनी
हिँडौँ तन्नेरी हाे मलहम लिई झट्ट सबले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले । ५
०००
महाेत्तरी
Subscribe
Login
0 Comments
Oldest





































