साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर जा तन्त्र

शहीदको रगतले सरापेर हो कि? सज्जनलाई आँखा तर्ने पर जा तन्त्र । कली युगको महाभारत बनेछस् कि तँ !! द्रौपदीको चीर हर्ने पर जा तन्त्र ॥

Nepal Telecom ad

काशीनाथ मिश्रित :

जनतामाथि घात गर्ने पर जा तन्त्र !
भ्रमको मात्रै बिउ छर्ने पर जा तन्त्र !!

पाप पुण्य पैल्याउने कामै गरेनस् !
पराइको पाउ पर्ने पर जा तन्त्र ।

जनता मरे भोकभोकै ख्याल गरेको खै ?
आफ्नै मात्र भुँडी भर्ने पर जा तन्त्र ।

माथि माथि जाला भन्ने आशा गरेको त!
गिर्दै तल तल झर्ने पर जा तन्त्र ।

मरे के भो? बाँचे के भो??मतलब भएन !
बाँचे पनि ज्युँदै मर्ने पर जा तन्त्र ।

शहीदको रगतले सरापेर हो कि ?
सज्जनलाई आँखा तर्ने पर जा तन्त्र ।

कली युगको महाभारत बनेछस् कि तँ !!
द्रौपदीको चीर हर्ने पर जा तन्त्र ॥

०००
गुल्मी
२०८२ फागुन ७ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x