साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्मान प्रेमी

प्रजातन्त्रिक फर्मानमा फस्टाएका लोकतन्त्रिक फर्मानमा झाङ्गिएका गणतात्रिक फर्मानमा नाङ्गिएका थप फर्मानको पर्खाइमा बाङ्गिएका मनमौजी हावामा फहराएका विवेक शुन्य गगनमा हराएका।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

हामी फर्मान प्रेमी हौं
हाम्रो वंश परम्पराको रैथाने गुण
बाको शुक्राणु आमाको डिम्बमा
परागसेचन हुन अगाडिदेखि
हाम्रा निधारमा स्थायीरुपमा लेखी
पुर्खौं पुर्खादेखि गर्भाधानबाट उम्रदै आएको
बलशाली गुण हो, फर्मान प्रेम !
वंशमा फर्मान
अंशमा फर्मान
हंशमा फर्मान
नुनमा फर्मान
खुनमा फर्मान
बखतमा फर्मान
सङ्गगतमा फर्मान
बासमा फर्मान
आसमा फर्मान
सासमा फर्मान
लासमा फर्मान
बर्गतमा फर्मान
हर्कतमा फर्मान।
राणा शाहीको फर्मानमा कुत खाएका
पञ्चायतका फर्मानमा मौजा पाएका
प्रजातन्त्रिक फर्मानमा फस्टाएका
लोकतन्त्रिक फर्मानमा झाङ्गिएका
गणतात्रिक फर्मानमा नाङ्गिएका
थप फर्मानको पर्खाइमा बाङ्गिएका
मनमौजी हावामा फहराएका
विवेक शुन्य गगनमा हराएका।
हौसिएर हाँसेका
उफ्रिएर नाँचेका
सिठी फुकेका
मन, तन, धन, मत सबथोक लुटेका
अराजकतामा जुटेका।
अल्गोरिदमले फकाएका
सामाजिक सञ्जालरुपी वकिलको फर्मानमा रमाएका
फेसबुके न्यायाधीस भएर फर्मान जारी गर्ने हैसियत पाएका।
फेसबुकमै पलाएर,
राज्य, सुरक्षा र अदालतको घाँटी निमोठी
क्रूरताको अम्मलमा
मानवताको अन्त्येष्टि गरी
हाल सम्मको अन्तमा,
फेसबुकको फर्मान मार्फत देश जलाएका
भावी फर्मानको लालचमा
वर्तमानमा कुँजिएका
फर्मान प्यासी
हामी हौं फर्मान प्रेमी।

०००
कैलाली, हाल : थानकाेट- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x