साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल र भारतका १२ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने घाेषणा गरिएक‍ो छ ।

Nepal Telecom ad

काठमाडाैं । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने घाेषणा गरेक‍ो छ ।

यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।

नइ प्रज्ञा पुरस्कार’बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका हुन् ।

नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x