फित्काैली डटकमवेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार अर्पण गरियाे
कार्यक्रममा प्रमुख आतिथ्य प्रसिद्ध साहित्यकार कृष्ण धराबासी र अन्य विशिष्ठ अतिथिहरूमा अधिवक्ता लीला उदासी, डा.दशरथ खरेल, प्राज्ञसभा सदस्य मुनाराज सेर्मालगायत थिए ।

झापा । सुसेली साहित्यिक परिवारको आयोजनामा काव्यगोष्ठी तथा वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार अर्पण कार्यक्रमा सम्पन्न भयाे ।
देवकोटा पार्क काँकरभिट्टामा भएको सुसेली साहित्यिक परिवारको काव्यगोष्ठी तथा पुरस्कार अर्पणको उक्त कार्यक्रमको अध्यक्षता परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले गरेका थिए ।
कार्यक्रममा प्रमुख आतिथ्य प्रसिद्ध साहित्यकार कृष्ण धराबासी र अन्य विशिष्ठ अतिथिहरूमा अधिवक्ता लीला उदासी, डा.दशरथ खरेल, प्राज्ञसभा सदस्य मुनाराज सेर्मा, वुद्धशान्ति साहित्य तथा सांस्कृति प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल तथा आज पुरस्कृत हुने व्यक्ति मायामितु न्यौपाने समुपस्थित थिए ।
सचिव कनक कार्कीले सञ्चालन र उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत गरेकाे कार्यक्रम प्रमुख अतिथि कृष्ण धराबासीद्वारा कविता वाचन गरेर सुरु भएकाे थियो ।
कविहरु कृष्णप्रकाश सुमार्गी, हरिप्रसाद नेउपाने, तोयालाल दाहाल, परशुराम तिमसिना, तीर्थ राई, मञ्जु विमली, केशव आचार्य, केसाङ लामा, जानुका रेग्मी, देशु वनेम, टङ्क विकल्प, देवीचरण भण्डारी, कृष्ण सुवेदी ‘निराकार’, मोक्ष खतिवडा, गणेश निरौला, जय भण्डारी, रश्मि असफल, मुनाराज सेर्मा, चित्रा पौडेल, खगिन्द्रा खुसीले कविता सुनाए । पुष्पा पोखरेल र विरही अधिकारीले मिठा गीत सुनाएर सभालाई आनन्दित पारे ।
आज वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट मेचीनगर–११, निबासी मायामितु न्यौपानेलाई रु १८ हजार राशि, दोसल्ला, माला तथा सम्मानपत्रद्वारा पुरस्कृत तथा सम्मान गरिएकाे थियो ।
विशिष्ट अतिथिहरु मुनाराज सेर्मा, शिवकुमार पौडेल, डा.दशरथ खरेल, लीला उदासी तथा प्रमुख अतिथि कृष्ण धराबासीले कार्यक्रमबारे शुभकामना व्यक्त गर्दै पुरस्कृत व्यक्तिलाई बधाइ ज्ञापन गरे ।
पुरस्कृत मायामितु न्यौपानेले आफूले सामना गरेका विगतका अप्ठेरा परिस्थितिहरुको स्मरण गर्दै पुरस्कृत गर्ने संस्थाप्रति आभार व्यक्त गर्ने तथा यस पुरस्कारले जिम्मेवारी थपिएको बोध भएको सुनाइन् ।
त्यसपछि अध्यक्षले उपस्थित सबैलाई कार्यक्रम सफल पार्न मद्दत गरेकोमा आभार व्यक्त गर्दै धन्यवाद दिएर कार्यक्रम समापन गरिएकाे थियाे ।
आजको कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त डा.ठाकुरप्रसाद पोखरेल, मेची क्याम्पसका पूर्व सहप्राध्यापक शिरो सान्दाइ, साहित्यकार दिलबहादुर थापा, फोटो पत्रकारद्वय देवेन्द्र खरेल, नरेश खरेल, क्षेत्र नं. १ का सांसदका स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेल, कविता नेपाल, दीपा खरेल, कवि शिरोमणि मा.वि.का प्रअ दामोदर ढुङ्गेल, कथाकार अमृता चौंलागाईं, साहित्यकारहरु मदन अधिकारी, भूवन सुब्बा, कल्पना ओली, पूर्वप्राज्ञ सभासद सुभद्रा भट्टराई, ज्ञानेन्द्र ढुङ्गाना, दमयन्ती गिरी, नमुना निरौला दाहाल, दुर्गा भेटवाल लगायत ६० भन्दा बढी स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































