साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वैतरणी तर्न थाले

लाल झन्डा उचालेर ठोक्न आए भनेपछि नेताजीकै पुच्छर पक्री वैतरणी तर्न थाले ।

Nepal Telecom ad

लालबाबु शर्मा पोखरेल :

अड्डाभित्र निकुञ्जका वन्यजन्तु चर्न थाले
बिना बन्दुक गैँडा हात्ती भुतुभुतु मर्न थाले

यतै त्यतै बसेका छन् व्याधाहरू मिलीजुली
आई सिकार आफैँ आफैं खाल्टाभित्र पर्न थाले

फाँटैपिच्छे शब्द गोली पड्कँदै छ हिँजो आज
ठगका राजा फटाहाले भोलिको बीउ छर्न थाले

लुकीछिपी टेबुलतलै औँला चल्थे पैले पैले
हाकाहाकी यिनको हात जेबतिरै सर्न थाले

तलमाथि पासैपासो चट्ट सेटिङ मिल्दा खेरि
मिलीजुली सिकारीले आफ्ना भुँडी भर्न थाले

द्रव्यबिन्दु आँखा हुने आफ्नै बाबु चिन्छ कहाँ
सिकार देखेपछि उसै गोही आँसु झर्न थाले

लाल झन्डा उचालेर ठोक्न आए भनेपछि
नेताजीकै पुच्छर पक्री वैतरणी तर्न थाले ।

०००
गौशाला नपा-११, महोत्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
सयौँ पीडा खेपी

सयौँ पीडा खेपी

लालबाबु शर्मा पोखरेल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x