साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रौढवैशिष्ठ्य

पाठ सिकाउँछ इज्जतले मनमा जसरी पनि बाल्छ दियो बुद्धि हुने प्रिय ठान्छ भने नहुने पर सर्दछ जल्छ हियो दिन्छ सबैतिर देन नयाँ उपहार मनासिव यो खँदिलो वृद्ध समादर गर्न सिके पछि हुन्छ दिगो मनको मलिलो ।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

चाउरिए मुख दन्त गले पनि हुन्छ बुढो दिलको खँदिलो
केस फुलेपछि मूर्खपना सकिई अझ निर्मल बन्छ किलो
दुर्गुण त्याग्दछ सात्त्विक बन्दछ हुन्न रुखो मनको मलिलो
ज्ञान सिकाउँछ वन्दित बन्दछ देख्छ सबै रणको धमिलो ॥१

मान्य अमान्य बुझी कुन हो सबका दिलभित्र उदात्त छवि
गर्दछ स्वागत मान्य भनी सहभाव सबैसँग झैँ छ रवि
ता पनि चिन्तित हुन्छ बुढो सब हुन् सुखदा नबनून् अमिला
उन्नतिको पथ चुम्न सकून् मन श्लाघ्य रथी र बनून् सुकिला ।२

वैभवयुक्त सखायुत हुन् भवसिन्धु बुझी परमार्थतिर
भन्छ बुढो परिवार उठून् तर बुझ्दछ को निज स्वार्थतिर
मन्त्रसमान विचारहरू जब भौतिक देह सकिन्छ अनि
ठान्दछ सत्य बितेर गए अहिले बनिए मनका सपनी ॥३

वैभव हुन् सब वृद्धहरू बुझ मानव बन्न सिकेर छिटो
मात्र अहम् मनभित्र भए दिलदाग रुखो अनि हुन्छ पिठो
जीवन चिन्न सक्यौँन भने सुख लुक्दछ हुन्छ कहाँ बलियो
लौकिक सुख्ख छ सत्य भने दिल रोग बढ्यो मन चाउरियो ॥४

हुन् गहना जति प्रौढ यहाँ चिनजान गरौँ अनमोल सुधा
वन्दित चन्द्रसमान बुझौँ गरियोस् ममता सुख मिल्छ सदा
वालक हो बुझ मान छिटो नबुझी पछुताउन बाद्ध्य जन
अग्नि बल्यो घरका शिरमाअब खन्छु कुवा नभनोस् रसना ।५

पाठ सिकाउँछ इज्जतले मनमा जसरी पनि बाल्छ दियो
बुद्धि हुने प्रिय ठान्छ भने नहुने पर सर्दछ जल्छ हियो
दिन्छ सबैतिर देन नयाँ उपहार मनासिव यो खँदिलो
वृद्ध समादर गर्न सिके पछि हुन्छ दिगो मनको मलिलो ।६

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x