साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व

त्यहाँ विकसित मानव एलिएनको बाक्लो बस्ती छ रे । त्यहाँबाट यहाँ आई उनीहरू फर्केको इतिहास पनि छ । हाम्रा केहि ढुङ्गा र बालुवा पार्टीका सदस्यहरूलाई गिरफ्तार गरेर लगेका छन् । उनीहरूको सङ्ग्रहालय बन्दीको रूपमा समय गुजारी रहेका छन् । उनीहरू निर्जीव वस्तुको रुप धारण गरी आउँछन् ।”

Nepal Telecom ad

विवेक शर्मा गौतम :

मानवले आफ्नो अस्तित्वको लागि ठाउँ खोजी रहेको छ । चन्द्रयान -३ चन्द्रातलमा ओर्ले पछि ढुङ्गा र बालुवाका कणहरू एक आपसमा कानेखुसी गरे ।

ढुङ्गाले भन्यो- “हेर त ! बालुवा, एलिएन आएर बस्यो । अब यसले के गर्छ है ?हेरौँ ।”
चन्द्रयान नजिकै पुगेर बस्न लागेको थियो । बालुवाको कणहरूले चारैतिर घेरेर स्वागत गरे ।

बालुवाले भन्यो- “यो त हामी जस्तै केहि नबोल्ने पो रहेछ ।”
ढुङ्गाले भन्यो- “यो त हामीलाई अनुसन्धान गर्न आएको हो, बुझिस् लाटा ?”
‘आज अनौठो एलिएन देखा पर्‍यो’ भन्ने शीर्षकबारे समीक्षा गर्न तीन दलीय ढुङ्गा बालुवा र हावाको बैठक बस्यो । उक्त अनौठो वस्तुबारे व्यापक छलफल गरे ।

ढुङ्गाले भन्यो- यसले के खान्छ होला ? आगोको मुस्लो छेर्दै झरेको पो छ त !
बालुवा बोल्यो- “मलाइ त उडाएर डढाइदियो नै ।”
हावाले भन्यो- “हाम्रो नजिकै पृथ्वी नामको ग्रह छ रे ।” त्यहाँ विकसित मानव एलिएनको बाक्लो बस्ती छ रे । त्यहाँबाट यहाँ आई उनीहरू फर्केको इतिहास पनि छ । हाम्रा केहि ढुङ्गा र बालुवा पार्टीका सदस्यहरूलाई गिरफ्तार गरेर लगेका छन् । उनीहरूको सङ्ग्रहालय बन्दीको रूपमा समय गुजारी रहेका छन् ।
उनीहरू निर्जीव वस्तुको रुप धारण गरी आउँछन् ।”

बालुवाले भन्यो- “उनीहरू आए भने हामी अप्राकृत हुन्छौँ । हाम्रो चन्द्रातललाई उपनिवेश बनाएर हाम्रो अस्तित्व नै मेटाउन सक्छन् ।”

०००
टोखा- ३, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x