रुद्र ज्ञवालीतीन ठोक्तक
कोही जपिरहेको हुन्छ कोही जपाइरहेको हुन्छ आगो लगाएर बुकुरामा न्यानो तपाइरहेको हुन्छ बाहिर शान्त देखिन्छ समाज ठूलो तलाउजस्तै भित्रभित्र बलियोले निर्धोलाई चपाइरहेको हुन्छ ।
रुद्र ज्ञवाली :
१.
मनका कसुर मनकै इजलासमा बयान गर्दा गर्दै
उठ्न सक्छन् उत्सव र महफिल उठान गर्दा गर्दै
बा भन्नू हुन्थ्यो छुटेका सम्भावना पर्खिँदै नपर्खिनू
अनायास बस्न सक्छन् पङ्खहरू उडान गर्दा गर्दै ।
२.
कोही जपिरहेको हुन्छ कोही जपाइरहेको हुन्छ
आगो लगाएर बुकुरामा न्यानो तपाइरहेको हुन्छ
बाहिर शान्त देखिन्छ समाज ठूलो तलाउजस्तै
भित्रभित्र बलियोले निर्धोलाई चपाइरहेको हुन्छ ।
३.
मुड्की बजारेर मात्रै ज्ञानको मार्ग खनिने भए त
खरानी घस्दैमा शरिरैभरि महन्तमा गनिने भए त
वंशी बजाई वस्त्र लुकाई रासलीला हुँदो हो कति
लगाउँदैमा वस्त्र पिताम्बरी श्रीकृष्ण बनिने भए त ।
०००
भैरहवा ।
Subscribe
Login
0 Comments
Oldest






































