साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसपालि

यसैले अँध्यारोमा छिचोल्न एकछिन चौतारीमा थकाइ मारे पनि यात्रालाई नविर्सन फेरि प्रतिज्ञा गरौं यसपालि ।

Nepal Telecom ad

शेषमणि आचार्य :

चीसो चुलो सल्केन भनेर
धुँवामा आँखाबाट आँसु चुहाउनुभन्दा
यसलाई चीसो पार्नेहरूसँग
एकछिन तर्क गर्नुपर्ने भयो
यसपालि ।

केही भएन उपलब्धि भनेर
उत्तेजना भर्नुभन्दा
एकछिन आँखीभौँ खुम्च्याएर
समुन्द्रमा डुबुल्की मारौं न, यसपालि ।

अझै उज्यालो भइसकेको छैन,
यो सत्य हो,
अन्धकारमा पनि बाटो हिंड्न
अभ्यस्त भएनौ भने,
कसरी लामो बाटो पार गर्न सकिएला ?

यसैले
अँध्यारोमा छिचोल्न
एकछिन चौतारीमा थकाइ मारे पनि
यात्रालाई नविर्सन
फेरि प्रतिज्ञा गरौं
यसपालि ।

०००
मलाई एउटा बाँसुरी देऊ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
ज्योतिषी बा- २

ज्योतिषी बा- २

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x