साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषी बा- ३

हे ज्योतिषी बा ! तिनको राशिफल किन सुनाउनु भएन ? तपाईंसँग कति सोधूँ ज्योतिषी बा ! किन यिनको भाग्य तपाईंको ज्योतिषमा टिपिएन ?

Nepal Telecom ad

शेषमणि आचार्य :

ज्योतिषी बा !
आज पनि एउटा समाचार सुनेँ,
तपाईंको राशिफल अगि
एकाबिहानै
पश्चिममा एउटी छोरी
छाउगोठमा
देहत्याग गरिछन्,
अर्की
छिमेकी चेली
बलात्कृत भइछन्,
हे ज्योतिषी बा !
तिनको राशिफल किन सुनाउनु भएन ?
तपाईंसँग कति सोधूँ
ज्योतिषी बा !
किन यिनको भाग्य
तपाईंको ज्योतिषमा टिपिएन ?

०००
रचना:-०७४/१०/१२
शुक्लागण्डकी, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- २

ज्योतिषी बा- २

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x