साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घण्टाकर्ण

सचेत विपक्षीहरू एकजुट हुनेछन्, सोझो घण्टाकर्ण धूर्तहरूको धूर्त्याइँमा अलमलिन खोज्यो भने हरेक युगको घण्टाकर्ण झै यस युगको घण्टाकर्ण पनि एकादेशको कथा फेरि बन्न सक्छ ।

Nepal Telecom ad

शेषमणि आचार्य :

एकादेशमा
एक समयमा
एउटा राक्षस थियो रे,
उसले देवताको नाउँ सुन्न नपरोस् भनेर
कानमा घण्टा बाँध्थ्यो रे
घण्टाकर्णको यस्तो कथा
एक पटकको हाम्रो पनि कथा थियो रे,
हरेक युगमा घण्टाकर्णहरू
जन्मिरहेछन्,
आफ्नो मन नपर्नेलाई
सुन्न नचाहनेहरू
नरुचेको कथा भन्नेहरूसँग
दिक्क मान्दै, घण्टाकर्णहरू
कानको घण्टा हल्लाउँदैछन् ।
घण्टाकर्ण,
एउटा असहमति थियो,
घण्टाकर्ण, एउटा विद्रोह थियो
विजेताहरूले उसको इतिहास मेटे
एउटा राक्षुस बन्यो,
भूतप्रेतको बुख्याँचा बन्यो
हरेक युगले घण्टाकर्णलाई जन्माउँछ
अब पनि घण्टाकर्णको प्रतीक्षा
पत्यारलाग्दो छैन ?
आँखा निकै थाकिसके
टाढाबाट आइरहेको छायाँ
घण्टाकर्ण नै हो त ?
आवाज उसैको हो त ?
मानिसहरू दोधारमा छन्,
घण्टाकर्णका पक्षविपक्षमा
टोलबासीहरू बाँडिएका छन्
घण्टाकर्णका प्रतीक्षा गर्नेहरू
उसलाई कुनै अनिष्ट नहोस् भनी
सोचिरहेछन् ।
घण्टाकर्णबाट तर्सिनेहरू
कसरी अनिष्टले थिच्न सकिन्छ,
जोखना हेर्दैछन् ।
वरपर सर्नु, यस्तै छ, अभ्यास,
तर,
घण्टाकर्णले अब पनि दन्त्यकथालाई
आफ्‌नो मार्ग बनाइदियो भने
सचेत विपक्षीहरू एकजुट हुनेछन्,
सोझो घण्टाकर्ण

धूर्तहरूको धूर्त्याइँमा अलमलिन खोज्यो भने
हरेक युगको घण्टाकर्ण झै
यस युगको घण्टाकर्ण पनि
एकादेशको कथा फेरि बन्न सक्छ ।

०००
०५८/६/२०
मलाइ एउटा बाँसुरी देऊ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
ज्योतिषी बा- २

ज्योतिषी बा- २

शेषमणि आचार्य
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x