साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा बेग्लै छ क्या !

ऊ,जमिन्दारले पढाएको एक "अभावनन्दन" थियो, उही गाउँको। बूढाले जे भनेका थिए, त्यही भयो, बदमासहरू दिनभरि बाउ कुरेर नेत्रपान गरिरहे। तीन दिनमा बूढा पनि तगडा।

Nepal Telecom ad

धनराज गिरी :

जमिन्दार रविभक्त अधिकारी अस्पताल भर्ना भए । गनगन गरिरहने। नातेदारहरू दिक्क। नजीकका सबै नातेदारहरू आउने जाने गरिरहे, तर आफ्नै दुई छोरा किरण र प्रकाश आएनन् । छोरीहरू तीन, विदेश । भर्चुअल खोजखबर। डाक्टर भास्कर जमरकटेल उनको रेखदेखमा। “बा,कस्तो छ ? केही थप व्यवस्था गर्नपर्छ कि ? खाना रुचेको छ ? निद्रा लागेको छ?” भास्कर।
“मेरो व्यथा के हो बाबु ?” जमिन्दार।
“केही होइन, उमेर र चिन्ता, अवसाद भन्छ यसलाई ! केही पारिवारिक झमेला ?” भास्कर।
“भनेर के हुन्छ?यो धनी हुनु भनेको पनि अभिशाप रहेछ बाबु,अभिशाप! सन्तान होइन, काल जन्माइनेरहेछ। बरु एउटा सहयोग गर्न सकिन्छ बाबु ?” जमिन्दार।
“के होला बा ?”
“चिटिक्ककी एक परी नर्स मेरो सेवामा राखिदिनू है !”
“हैट,बा पनि ! यो उमेरमा यत्रो रोमान्टिक ? फेरि यस्तो अवस्थामा ? के पारा हो बा?उही … हरियो काक्रो ?” भास्कर।
“होइन बाबु, कुरा अर्कै छ क्या !” अलि भावुक भए बूढा ।
“के होला बा ?” भास्कर।

“मेरा ती जोर कपूत दामिनी कामिनी भनेपछि १३ वर्षको उमेरदेखि भुतुक्क, यसो राम्री नानी मेरो सेवामा देखे आइरहन्छन् । म फेसबुकमा हाल्दिन्छु। है बाबु !” जमिनदार ।
“कस्ता कस्ता रोगीहरू पनि बेहोर्नुपर्छ भन्या!” भास्कर, मनमनै।
“हुन्छ बा,ग्यारेन्टी !” बोल्यो भास्कर । ऊ,जमिन्दारले पढाएको एक “अभावनन्दन” थियो, उही गाउँको। बूढाले जे भनेका थिए, त्यही भयो, बदमासहरू दिनभरि बाउ कुरेर नेत्रपान गरिरहे। तीन दिनमा बूढा पनि तगडा।

“गधाहरू ! कीचक, अघिल्लो जुनीका !” मनमनै, छोराहरूलाई गाली गरे। आफ्नो युग बिर्सिए।

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x