शेषमणि आचार्यज्योतिषी बा- ४
के यिनको भविष्य तपाईंको ज्योतिषले बोल्न सकेन ? यिनको राशिफल थिएन ? तपाईंसँग कति सोधूँ ? किन ज्योतिषी बा ! यिनको भाग्य तपाईंको ज्योतिषमा टिपिएन ?

शेषमणि आचार्य :
ज्योतिषी बा !
चिया पिउनुभयो ?
कुन चिया !
नेपाली चिया ?
कताको साइत ?
कपडा लाइसक्नुभयो ?
नेपाली कपडा भएन ?
चियामा कुन चिनी हाल्नुभयो ?
प्लास्टिकको चिनी ?
दक्षिणी उपहार ?
यसपटक सोध्न मन लाग्यो !
ज्योतिषी बा !
हाम्रा कति उद्योगहरू
कौडीको मूल्यमा बेचिन्छन् ?
कति सोधूँ ?
के यिनको भविष्य
तपाईंको ज्योतिषले बोल्न सकेन ?
यिनको राशिफल थिएन ?
तपाईंसँग कति सोधूँ ?
किन ज्योतिषी बा !
यिनको भाग्य तपाईंको ज्योतिषमा
टिपिएन ?
०००
रचना:-२०७४/१०/१२/०७
शुक्लागण्डकी, तनहूँ,
Subscribe
Login
0 Comments
Oldest







































