साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’ लाेकार्पण

शिल्पी थिएटरमा नाटकीय शैलीमा मन्चमा रहेका विशिष्ट अतिथि र दर्शकदीर्घामा रहेका विशिष्ट अतिथिहरूले एक साथ लोकलाई देखाएर लोकार्पण गरिएको हाे।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत १६ । कवि पत्रकार छविरमण सिलवालको नयाँ कविता सङ्ग्रह ‘डोरम्याट’ लाेकापर्णण गरियाे ।

शिल्पी थिएटरमा नाटकीय शैलीमा मन्चमा रहेका विशिष्ट अतिथि र दर्शकदीर्घामा रहेका विशिष्ट अतिथिहरूले एक साथ लोकलाई देखाएर लोकार्पण गरिएको हाे।

सहजकर्ता कवि पत्रकार मघु पाठकद्वारा शुरूमा सञ्चालन गरिएको भए तापनि एक छिनपछि पाठकले केन्द्रीय पात्र सिलवाललाई माइक्रोफोन दिएर दर्शक सामु आए । त्यसपश्चात् सम्पूर्ण कार्यक्रम कवि सिलवालकै सञ्चालनमा सम्पन्न भयो।

अनन्त वाग्ले, छविरमण, रमेशप्रसाद सागर अर्थात् अक्षरमा रमाउने तीन कविले तीस वर्ष अगाडि संयुक्त कविता सङ्ग्रह लिएर आएका थिए ।

पहिलो चरणमा तीन कविमध्ये अनन्त वाग्ले र रमेश सागरलाई आज लोकार्पित कृतिबाट मन परेका कविता सुनाउन उद्घोषक केन्द्रीय पात्रले अनुरोध गरे।

दोस्रो चरणमा (पि सेभेन) सात कविहरूको समूहका कवि प्रोल्हास सिन्धुलीय, टङ्क उप्रेती, ठाकुर बेलबासे, मणि लोहनी, आर एम डङ्गोलले लोकार्पित पुस्तकबाट मन परेका कविता पाठ गरेका थिए ।

कविता वाचनपछि प्रा. डा. लक्ष्मण प्रसाद गौतम, कवि दिनेश अधिकारी, भुँडी पुराणका केशव पराजुलीले मन्तव्य प्रकट गरेका थिए ।

लोकार्पण कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

०००
– श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x