सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अभियन्ताहरूलाई !

मन उचाल्लिएको बेला थकाइ हुँदैन पीडा हुँदैन धुकधुकीको संगीतले हिँडाइरहन्छ तब त आत्तिएर षडयन्त्रका दुम्सीहरू सोहोरिन्छन् जङ्गलतिर यसरी परिवेश बनिरहन्छ बिस्तार बिस्तार यसरी देश बनिरहन्छ ।

Nepal Telecom ad

कीर्तिशेष गोविन्द वर्तमान :

विकृत मस्तिष्कका काला आँखाहरू
बगेका छन् सडकमा
परिवेश दुखाउन काँढा फैलाउँछन्
षडयन्त्रका दुम्सीहरू
अपराध ओर्लिएर आँगनभरि
रोपिएका फूलहरू नासिँदै गए
हिँड्नलाई बाटो बनाउन
तिनीहरू फूल नास्दैछन् – अपराधहरू
तिनीहरू काँढा फैलाउँदैछन् – दुम्सीहरू/
षडयन्त्रहरू
विश्वास कुँदेर जनताको आँखामा
तपाईँहरू खोजिरहनुहोस् भविष्यलाई
तपाईँहरू बनाइरहनुहोस् आक्रोशलाई
तपाइँहरू कुरिरहनुहोस् हतियारलाई
तब त
बढारिएर विकृत मस्तिष्कका
काला आँखाहरू
सडक तपाईँहरूलाई बाटो दिनेछ
त्यो बाटो हिँड्नलाई
अँध्यारोले छेक्तैन
आँखाहरू बाले पुग्छ
मन उचाल्लिएको बेला
थकाइ हुँदैन
पीडा हुँदैन
धुकधुकीको संगीतले हिँडाइरहन्छ
तब त
आत्तिएर षडयन्त्रका दुम्सीहरू
सोहोरिन्छन् जङ्गलतिर
यसरी परिवेश बनिरहन्छ
बिस्तार बिस्तार
यसरी देश बनिरहन्छ ।

०००
‘मधुमास’ को वर्ष २ अङ्क १  (२०३९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी