साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभियन्ताहरूलाई !

मन उचाल्लिएको बेला थकाइ हुँदैन पीडा हुँदैन धुकधुकीको संगीतले हिँडाइरहन्छ तब त आत्तिएर षडयन्त्रका दुम्सीहरू सोहोरिन्छन् जङ्गलतिर यसरी परिवेश बनिरहन्छ बिस्तार बिस्तार यसरी देश बनिरहन्छ ।

Nepal Telecom ad

कीर्तिशेष गोविन्द वर्तमान :

विकृत मस्तिष्कका काला आँखाहरू
बगेका छन् सडकमा
परिवेश दुखाउन काँढा फैलाउँछन्
षडयन्त्रका दुम्सीहरू
अपराध ओर्लिएर आँगनभरि
रोपिएका फूलहरू नासिँदै गए
हिँड्नलाई बाटो बनाउन
तिनीहरू फूल नास्दैछन् – अपराधहरू
तिनीहरू काँढा फैलाउँदैछन् – दुम्सीहरू/
षडयन्त्रहरू
विश्वास कुँदेर जनताको आँखामा
तपाईँहरू खोजिरहनुहोस् भविष्यलाई
तपाईँहरू बनाइरहनुहोस् आक्रोशलाई
तपाइँहरू कुरिरहनुहोस् हतियारलाई
तब त
बढारिएर विकृत मस्तिष्कका
काला आँखाहरू
सडक तपाईँहरूलाई बाटो दिनेछ
त्यो बाटो हिँड्नलाई
अँध्यारोले छेक्तैन
आँखाहरू बाले पुग्छ
मन उचाल्लिएको बेला
थकाइ हुँदैन
पीडा हुँदैन
धुकधुकीको संगीतले हिँडाइरहन्छ
तब त
आत्तिएर षडयन्त्रका दुम्सीहरू
सोहोरिन्छन् जङ्गलतिर
यसरी परिवेश बनिरहन्छ
बिस्तार बिस्तार
यसरी देश बनिरहन्छ ।

०००
‘मधुमास’ को वर्ष २ अङ्क १  (२०३९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x