सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इलाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ‘इलाम साहित्य महोत्सव’

सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ ।

Nepal Telecom ad

इलाम, २०८०, चैत्र १६ । इलाम साहित्य महोत्सव २०८० इलाममा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’को आयोजना गरिएको हो ।

महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गर्नु भयो । उद्घाटन संस्कृति भनेको चिन्तन प्रणाली हो भन्दै कुलपति राईले सांस्कृतिक सत्ताको स्थापना नगरी देश सम्पन्न नहुने बताउनु भयो । मौलिक ज्ञान प्रणालीको सांस्कृतिक सत्ता आवश्यक रहेको बताउनु भयो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनु भयो ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल समाजको सहयोगमा सञ्चालित महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार , लेखक, राजनीतिकर्मी लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ ।

कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको छ भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रुपमा रहेको छ ।

कार्यक्रमको पहिलो प्रस्तुति पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको संरचनात्मक संकट र दिगो समाधान विषयमा सम्भाषण सम्पन्न भएको छ ।

पहिलो दिन आज ‘सङ्घीयतास् यस्तै वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस बचचु हिमांशु, ‘कवितामा के छ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डाक्टर अरुण गुप्ता र धनप्रसाद सुवेदीको बहस, सीमा देखि सीमा साहित्य र संस्कृति शीर्षकमा डाक्टर कविता लामा, गणेश खनिया र दिपक लुङ्गेलीको बहस हुने तालिका छ ।

यस्तै ‘पोयट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानीको सम्भाश, नेपाल २०३० समुन्नतिका लक्ष्य, चुनौती र इलाम सन्दर्भमा डाक्टर स्वर्णिम वाग्लेको सम्भाश, ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने कार्यक्रमको तालिमा समावेश छ । ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता बाचन पनि हुनेछ ।

दोस्रो दिन शनिबार ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्र किशोर र गौरी तमुको बहस हुनेछ ।

‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको बहस , ‘सिनेमास् कस्तो मौलिकता शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहस् अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

साहित्यमा प्रतिरोध शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ । समय, समाज र राजनीतिका कुरा शीर्षकमा डाक्टर सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माको बहस र गजल बाचन हुने तालिका रहेको आयोजकले जनाएको छ । महोत्सवमा चित्रकला प्रतियोगिता पनि राखिएको छ ।

उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाद्वारा कलाकार कोमल निरौला, साहित्यकार राधेश्याम लेकाली र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको छ ।

०००

-रेडियाे नेपालका लागि सविता पाण्डेद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad