साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुन व्यवसायीहरूसँग कुलपति भुपाल राई

कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व' विषयक अन्तरविमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको थियोे ।

Nepal Telecom ad

काठमाडौँ, २०८० फागुन ४ । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक अन्तरविमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा उहाँले कानुन व्यवसायीहरूको क्षेत्र सबै तहतप्का र वर्गमा पर्ने भएकाले न्यायिक सर्वोच्चता भाषा र बाङ्ममयभित्र रहेको हुन्छ। कानुन व्यवसाय बहुलभाषासँग सम्बन्धित भएकाले कानुन व्यवसायीले सबै भाषाको ज्ञान राख्नुपर्ने देखिन्छ । एकअर्को भाषामा प्रयोग हुने शब्दको उच्चाहरणमा प्रष्ट हुन सकिएन भने त्यसले न्यायिक फैसलामा त्रुटि हुने बताउनु भएको थियोे ।

कुलपति राईले अधिकांश जनजातिको भाषामा ‘अ’ अक्षर छैन:- जस्तै तामाङले ‘मरेँ’ शब्दलाई ‘मारेँ ‘भन्छन् ।कुनै पनि समुदायले गर्ने उच्चाहरणप्रति कानुन व्यवसायीहरूको ध्यान पुग्यो भने मात्रै फैसलामा त्रुटि नरहने र पीडितले न्याय पाउनेमा जोड दिनु भएको थियोे । यसैगरी परिस्थितिवश अर्थध्वंस भए केही महिना बाँचिएला, राजनीतिक भ्याकुममा पनि बाँच्न सकिएला तर भाषाविना बाँच्नै नसकिने उहाँले बताउनुभएको थियोे ।

कुलपति राईले साबुनले शरीरको मैलो धुन्छ भने साहित्यले मगजको मैलो धोइदिन्छ।यसले असल संस्कृति सिकाउँछ ।तसर्थ कानुन व्यवसायीहरूले पनि कथा,कविता,निबन्ध र उपन्यास पढ्नु उत्तम हुने बताउनु भएको थियो ।

उहाँले जति पनि भ्रष्टाचारी छन्, तिनमा अपवादबाहेक कवि, साहित्यकारहरू भ्रष्टाचारी नभएको बताउनुभएको थियोे ।

यसै सिलसिलामा उहाँले भाषा र शब्द पनि मानिस जस्तै हो, भाषाको जैविकता बुझेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’मा युगानुकूल अर्थ खोज्दै परिमार्जन गर्नेमा जोड दिनु भएको थियोे।

माननीय पूर्व न्यायाधीश कमलनारायण दासले ‘कायस्थ’जातिलाई होच्च्याउने गरी नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’मा अर्थ उल्लेख भएकाले सच्च्याउन जोड दिनुभएको थियोे ।उहाँले सबै मिलेर नेपालीभाषा र नेपालका मातृभाषालाई बचाउन अग्रसर हुनुपर्ने बताउनुभएको थियो ।

यसैगरी प्रा.डा. भागवत ढकालले भाषाको प्रयोगमा ‘किन्तु र परन्तु’मात्रै फरक पर्यो भने पनि धेरै अर्थ फरक पर्छ। भाषा एउटा माध्यम मात्रै हो । नेपाली भाषाको महत्त्वलाई ध्यान दिँदै विभिन्न भाषाबाट आएका शब्दहरूको सम्मान गर्ने गरौँ भन्नु भएको थियोे ।

यसैगरी प्रा.डा.तथा वरिष्ठ अधिवक्ता नृसिंहकुमार खत्रीले ‘भाषाको संरक्षणमा काव्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । उहाँले न्यायालयमा भाषाको प्रवेश र चलनको ऐतिहासिकता,भाषा जाग्ने -मौलाउने फैलिने पद्धति, न्यायालयमा न्यायदिने विषय र विधा लगायतका विषयलाई कार्यपत्रमा उल्लेख गर्नुभएको थियोे ।

यसैगरी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले जगबाटै भाषा बिगारिनु भनेको नियतवश गरिएको गल्ती भन्ने बुझिन्छ ।कुनै पनि मातृभाषा बचाउनमा आआफ्ना छोराछोरीलाई स्वयम् बाउआमाले पनि सिकाउनुपर्छ भन्नु भएको थियोे ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले कार्यक्रम समापनका क्रममा हामी सबैको साझा सम्पति भनेको भाषा हो । यसको संरक्षणमा सबै कानुन व्यवसायी र न्यायलय प्रतिबद्ध रहनुपर्छ भन्नुभएको थियोे ।

कार्यक्रममा अधिवक्ता शेरबहादुर कार्कीले भाषामा आएको विचलनप्रति चिन्ता व्यक्त गर्दै स्वागत मनतव्य राख्नुभएको थियोे ।

कार्यक्रमका उद्घोषक तथा सर्वोच्च अदालत बार एसोसिएसन भाषा,साहित्य,कला,संस्कृति समितिका सदस्य सचिव रामेश्वर राउत मातृदासले भाषा सार्वभौम सत्ता सम्पन्न राष्ट्र र आमनागरिकहरूको शक्ति र तागत हो भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियोे।

उक्त अन्तरविमर्श कार्यक्रम सर्वोच्चअदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसन भाषा साहित्य,कला संस्कृति समिति र नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले संयुक्तरूपमा आयोजना गरेका थिए ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x