देवीप्रसाद घिमिरेनाक
आफ्नी मायालुलाई माया गर्दा नाकै तान्नुपर्ने ! शरीरमा अक्सिजनको आपूर्ति गर्ने पनि नाक, कार्बनडाइअक्साइड फाल्ने पनि नाक, मानिसको मुटुभन्दा प्यारो नाकै हुनुपर्छ।

देवीप्रसाद घिमिरे :
स्वयं नै विचित्रको प्राणी मान्छेले आफ्नो स्वाभिमान जोगाउन अनौठा अनौठा आविष्कार गयो । कुनै समयमा कल्पनाको देवताका रूपमा पुजिने चन्द्रमामा घडेरी किनबेचको होडबाजी सुरु गर्यो । अझै नयाँ गोरेटोको
खोजीमा मानव मस्तिष्क अहोरात्र घोत्लिरहेको छ । मानिस अनि आफैसँग डराउन थाल्यो, आफ्नो अद्भूत स्वभावमा तर्सिएर । जहाँ मान्छे आफैलाई जितें भनेर एकातिर विजयोत्सव मनाउँदै छ भने अर्कातिर आफ्नै सजातिको सिकार भएर मृत्युवरण गरिरहेको छ।
आखिर को मर्यो त भन्ने प्रश्नले दिने उत्तर मान्छे नै होइन ? मर्ने मान्छे, मार्ने मान्छे जित्ने मान्छे, हार्ने मान्छे, आखिर केका लागि त भन्दा मेरो मस्तिष्कले चट्ट फुरायो स्वाभिमान ! यही स्वाभिमानका लागि मान्छे आफैलाई समेत बिर्सिएर सङ्घर्षको मैदानमा दौडिरहेछ । मानिसको स्वाभिमान जोगाउने महत्त्वपूर्ण अङ्ग चाहिँ नाक हो । मानिसले नाक राख्न, नाक जोगाउन साँच्चै नै ठुलो सङ्घर्ष गरिरहेको छ। नाक फाल्ने पनि मान्छे, नाक काट्ने पनि मान्छे र नाक राख्ने पनि मान्छे नै हो। नाकको कति ठुलो र विचित्रको कथा गाँसिएको रहेछ हैं ! यो मानवसँग ?
मानिसको अनुहारको शोभा नाक माथिल्लो ओठभन्दा माथि र आँखाभन्दा तल आकर्षक रूपमा रहेको घ्राणशक्ति भएको मांसपेसी हो। कुनै पनि वस्तुको बास्ना थाहा पाउने शरीरलाई आवश्यक प्राण वायु लिने र अनावश्यक फ्याक्ने महत्त्वपूर्ण काम गर्ने नाक मानव शरीरको अभिन्न अङ्ग हो। नाक नभएको मान्छेको परिकल्पना गर्न पनि सकिँदैन। नाक नभएको के भन्ने भन्दा धेरै गुरुहरूले लामो समयसम्म मथिङ्गल खियाएपछि काम चलाउ नाउँ अनाके भनेर चित्त बुझाउनुभयो तर पनि नाक काटिएको नकटो र इज्जतै नभएको नकच्चरो भने पनि नाकै नभएको मानिस न पहिले कहीँकतै थियो । न त पछि नै हुने छ ।
नाक मानिसको पहिचान मात्र होइन, शान हो, प्रतिष्ठा हो, मान हो । सुगानाके भए पनि, घोरनाके भए पनि नाक नाकै हो, चुच्चे भए पनि, थेप्चे भए पनि नाक नाकै हो। हरेक नाकले आफ्नो प्रतिष्ठा आफैँ जोगाउनुपर्छ। मेरा हजुर बाले सधैं बाबै ! सधैं सत्मार्गमा लागेर आफ्ना पुर्खाको नाक राख्नुपर्छ है ! भन्दै मेरो ढाड थप्थपाएको मलाई भर्खरै जस्तो लाग्छ। मैले नाक राखें कि नाक काटें ? त्यो त मलाई थाहा छैन । नाक महात्म्यभित्र नाकको महिमा बखान्न पाउँदा आफूलाई कृतार्थ ठानेको छु।
दिनाकै काटेर हिँडिछ ! गाउँघरमा मुख देखाउनै गाह्रो भएको छ भन्दा त म मेत हुँदाहुँदै नाकले पानी पिउनु भएन ! वास्तवमा हेर्दा खासै राम्रो पनि होइन, जे अग्लो पहाड जस्तो डाँडा, दुई वटा काला ओढार, त्यसबाट पनि घिनलाग्दो उन सिँगानको लत्को बगिरहने नाकलाई खै किन हो कुन्नि बराजुकै पालादेखि से को होलान्। कतिलाई बखान सुन्दा सुन्दा नाकै लाग्ला, कतिले नाक चेप्नाउलान् ।
अस्ति मात्रै मुखिया बाले निन्याउरो मुख लगाएर खै के गर्नु मेरो त छक्कै परें। के छोराछोरीले काट्दैमा बाबुआमाको नाक काटिन्छ र ? नाक राख्ने सन्तानले देशको समेत नाक राख्न सक्छन् रे ! भनिन्छ नि, मुख सम्मान गरिँदै आएको ! कति सन्तानले नाक राखे होलान्, कतिले काटे तर नाक नाकै हो। यसका लागि संसारमा ठुल्ठुला युद्ध समेत रचिएका छन् । नाक कसको ठुलो सद्दामको कि विस्तारवादी अमेरिकाको ? हाम्रै देशमा सो पनि कति आदर्श व्यक्तिहरू नाकले बाँचे। कतिले नाक जोगाउन टाउको दिए । कतिले टाउको जोगाउन नाकै काटे। देवकोटा र समहरू नाकले को बाँचे। बुद्धले सिङ्गो राष्ट्रकै नाक विश्वमा सगरमाथाभन्दा उच्च बनाए। यो देशमा नाक राख्ने र नाक जोगाउने आदर्श नारी पुरुषहरूको त्याग र तपस्याले आज यो राष्ट्रको शिर उचो भएको छ। सबैको नाक सगरमाथा झै उचो भएको छ।
अस्ति मात्रै कक्षामा गुरुले व्यङ्ग्य गर्दै हैन नानी हो ! यसरी हुँदाहुँदैको नाकमा प्वालैप्वाल पारेर किन तिमीहरू आफैलाई सास्ती दिन्छौ हैं? नाक छेडेर नाकी त गाईबस्तुलाई पो लाउँथे । हाम्रा तराईतिर भनेका मात्रै थिए, कक्षामा महिला मण्डली पाखुरा खैचँदै गएर झन्डै गुरुकै नाक नभाँचेको ! बुझकी मान्छेले नजाने गाउँको बाटो सोध्नु राम्रो होइन भन्ने सुनेको त थिएँ। यहाँ गुरुको सातो बुकाएको देख्दा म आफैँ सर्मिएँ।
केटाहरूको नाकमुनि मुठे जुँगाले नाकको शोभा बढाउँछ भने केटीहरूको नाकमा फुली, बुलाकी, नत्थी लगाएर नाकको शोभा बढाएको पाइन्छ । हिँडो खानेदेखि हलुवा खानेसम्म, हुनेखानेदेखि हुँदा खानेसम्म, हिमालदेखि तराईसम्म, मेचीदेखि कालीसम्म, सोल्टिनीदेखि सालीसम्म, शिक्षकदेखि विद्यार्थीसम्म, सडकदेखि सदनसम्म सबैलाई एउटै कुराको चिन्ता छ, त्यो हो नाक। सबै आआफ्नो नाक कसरी जोगाउने, नाक कसरी राख्ने भन्ने ध्याउन्नमा छन् । कहिलेकाहीँ आफ्नो गन्तव्य मान्छेले नै पो बिर्सेलान् कि जस्तो डर लाग्छ।
सबैले सजिलै देख्ने भएकाले हो कि किन हो, गुरुले छात्रालाई माया गर्दा तान्ने पनि नाक, स्यानो नानीले काखमा बोक्दा नाकमै झम्टिने, आफ्नी मायालुलाई माया गर्दा नाकै तान्नुपर्ने ! शरीरमा अक्सिजनको आपूर्ति गर्ने पनि नाक, कार्बनडाइअक्साइड फाल्ने पनि नाक, मानिसको मुटुभन्दा प्यारो नाकै हुनुपर्छ। मुटु छाम्न नसक्नेहरू यही नाक छामेर चित्त बुझाउँछन् ।
गीतका फाँकीमा पनि नाक निक्कै लोकप्रिय बन्दै झम्केफुली नाकैमा बुलाकी, नाकैमा फुली बोल न ठुली, कल्ले दियो नेप्टीलाई नेप्टे नाकमा चेप्टे सुन झम्के बुलाकी जस्ता प्रयोगबाट गीतकारदेखि साहित्यकारसम्म, टुकुचादेखि सिंहदरबारसम्म, अभिनेतादेखि राजनेतासम्म, गुरुदेखि चेलासम्म, स्कुलदेखि कलेजसम्म, ज्ञानदेखि विज्ञानसम्म, पत्रकारदेखि अलपत्रकारसम्म सबैले सदैव आफ्नो नाक जोगाएर नाक राख्नुपर्छ। यो आदर सम्मानको प्रतीक, ममताले सुमसुम्याउने प्यारो सिँगाने नाक जोगाउनु तपाईं हाम्रो परम कर्तव्य हो । आफ्नो कर्तव्य आफैँ पुरा गरौं । तपाईं पनि नाक जोगाएरै राख्नुहोला । नत्र अर्को शताब्दीमा नाक खोज्न सङ्ग्रहालय पुग्नुपर्ला । त्यसैले सबैले एकै स्वरमा भनौँ जय नाक महात्म्य ! जय नाकवादीहरू !
०००
थप्पड (२०७३)
Subscribe
Login
0 Comments
Oldest







































