साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुवर्णको खेती

कालेकाले मिली सधैँ खाएकै हो भाले गाईजात्रा मनाउँदै नाचौँ गोरे काले झुपडीका मान्छे धेरै दर्बार पसे ती गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

व्यवसाय राम्रो भेटेँ विना लगानीको
पार्टीभित्र पसेँ हजुर लगाएर टीको।
आफू नेता बन्नुपर्छ श्रीमती ऊ नेती
गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥१

आफू चाहिँ बस्नुपर्छ बाँधी इन्द्रासन
आफ्नालाई बाँड्नुपर्छ स्रोत र साधन।
भए हुन्छ जनता र देशलाई क्षति
गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥२

ईश्वरले रचेको यो स्वर्गजस्तो पाटो
जताबाट आए पनि एउटै हुन्छ बाटो
आफ्नै मान्छे जाँचकी र सुरक्षा सेटी
गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥३

नेपालमा छैन कोही भुँडी नभएको
को छ ठुलो नेता यहाँ जेल नगएको?
भोलि जे जे हुन्छ सँगै बसौँला है चेती
गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥४

कालेकाले मिली सधैँ खाएकै हो भाले
गाईजात्रा मनाउँदै नाचौँ गोरे काले
झुपडीका मान्छे धेरै दर्बार पसे ती
गौचरमा गर्नुपर्छ सुवर्णको खेती॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x