सुरेशकुमार पाण्डेलाचार
"खै त ..! ठ्याक्कै याद आएन त ! मनमा आएर पनि मुखमा आउन सकेन !"- धनपतिले नजिकै राखेको फाइलका पाना पल्टाउँन थाले।

“छिमेकीले गणतन्त्र दिवस धुमधामसँग मनायो।”- नेता धनपतिले आफिसमा झुण्डिएको भित्तेपात्रोलाई नियाल्दै भन्यो।
“होर सर ! कतिऔँ रहेछ ?” – प्रभात पनि भित्तेपात्राेतिर हेर्दै सोध्यो।
“अहिले छहत्तरऔँ हो ।”- धनपतीले तुरून्तै उत्तर दिए।
“हजुर त उतैको मन्त्री झैं ठ्याक्कै भन्नु भयो त ।कस्तो राम्रो याद रहनेरहेछ हजुरलाई।”- प्रभात मुसुक्क मुस्कुरायो।
“कतिपय कामले त्यहाँ आउँनेजाने गरिन्छ त्यसकारणले मलाई झ्यास्सै सम्झना हुन्छ। अहिले पनि मलाई त्यहाँको निम्तो थियो तर चीसो मौसम मलाई जान खासै मनले मानेन।
भारतको आजादी सन् उन्नाइसय सड्तालिसमा भएको थियो। त्यहाँ सम्बिधान सन् उन्नाइस सय उनन्चासमा लागु भएको हो। मलाई सबै याद छ।”- धनपतिले आफ्नो प्रशंसा गर्न चुकेनन्।
“सर ! हाम्रो देशमा पनि मनाइन्छ नि गणतन्त्र कहिले हो नि ?”- प्रभातले सोध्यो।
“खै त ..! ठ्याक्कै याद आएन त ! मनमा आएर पनि मुखमा आउन सकेन !”- धनपतिले नजिकै राखेको फाइलका पाना पल्टाउँन थाले।
०००
घोराही- १८, दाङ
Subscribe
Login
0 Comments
Oldest







































