साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक

समारोहमा साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल लगायतका अतिथि हुनुहुन्थ्याे ।

Nepal Telecom ad

घोराही । साहित्यकार शरद गौतमको पहिलो मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ को घोराहीमा सार्वजनिक भएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आइतबार आयोजित समारोहमा साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल लगायतका अतिथिले सो सङ्ग्रहको संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउनुभयो । उहाँले सङ्ग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै समाज सुधारका निम्ति मुक्तकका माध्यमबाट ओजपूर्ण सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । जन्मभूमिप्रतिको प्रेम, सरल भाषाशैली र प्रभावकारी प्रस्तुति सङ्ग्रहका मुख्य विशेषता रहेको चर्चा गर्दै डा. पन्थीले यसभित्र सामाजिक विषयवस्तुका साथै हास्य, व्यङ्ग्य र आक्रोशका विविध रङ समेटिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मजगैयाले लेखक गौतमको यो प्रथम कृति भए तापनि भाषाशैली र प्रस्तुतिका दृष्टिले निकै पठनीय रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयमा आबद्ध भई ३८ वर्षसम्म शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका लेखक गौतमले सेवानिवृत्त पछिको समयलाई सदुपयोग गर्दै कुल दुई सय ८० वटा मुक्तक समेटेर सङ्ग्रह प्रकाशनमा ल्याउनुभएको हो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x