साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चकाे ५५ औँ शृङ्खला सम्पन्न

अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर दुर्गाप्रसाद सिग्देल विशिष्टमा एवं समीक्षक हरि खनाल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

लमजुङ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५५ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन भव्य किसिमले सम्पन्न गरेको छ । ‎

कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर दुर्गाप्रसाद सिग्देल विशिष्टमा एवं समीक्षक हरि खनाल हुनुहुन्थ्यो ।

सबै सर्जकले छन्द स्वछन्दका र समसामयिक रचना प्रस्तुत गरेका थिए ।

प्रस्तुत गर्नेहरूमा १. हरि खनाल २. दुर्गाप्रसाद सिग्देल३. चूडा निर्भीक ४. जगदीश्वर पोखरेल ५. गङ्गा लिगल ६. लक्ष्मीप्रसाद मिश्र ७. चन्द्रवती अधिकारी ८. बिनुबाबा घिमिरे भण्डारी ९. उत्तम विचार १०. उर्मिला पन्त पाण्डेय ११. वासु ठकुरी १२ बालकृष्ण सुवेदी १३. भूमिनन्दन तिमलसिना १४ गीत खनालले कविता वाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि दुर्गाप्रसाद सिग्देल हावाहुरीका कारण अन्त्यमा जोडिन सक्नु भएन । वाचित रचनाहरूको संक्षिप्त टिप्पणी विशिष्ट अतिथि हरि खनालले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद कविगोष्ठी विसर्जन गर्नुभएको थियो । ‎

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x