साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास र विकासे

देख्नुभएको हुनसक्छ यहाँहरूले गाउँघर र बस्तीबस्तीमा विकासको नाउँमा मोजमस्ती जनताको काँधमा थप्दै ऋणको भारी विकासका नाउँमा उल्टै सास्ती देशको विकास र विकासेको फुर्ती ।

Nepal Telecom ad

देविका तिमिल्सिना :

कालो
मैलो
छेउकुना च्यातिएको
भित्रभित्रै थङ्ङ्घिलो
आफैंमा अस्तव्यस्त
चकनाचुर फाइलभित्रको
एउटा सफा सुन्दर अक्षरको
कर्मपात्रो विकास

विज्ञ डाक्टरको नयाँ निकास
नयाँ पण्डितको राष्ट्रवादी विश्वास
दलदलभित्रको आकर्षक प्रस्ताव
जनता दोहनको नयाँ आविष्कार
जय विकास ! जय विकास !!

गोरो चिटिक्क परेको
साँढे पाँच फुट अग्लो
पुटुक्क भुँडी निस्केको
पचासी केजी तौल भएको
वातावरण बचाऊ
हरियो टिसर्ट लगाएको
काँधमा रुकस्याक र क्यामरा भिरेको
गोल्डस्टार जुत्तामाथि जिन प्यान्ट लगाएको
घरीघरी नाकमा चस्मा मिलाउने बानी परेको
बोलीमा पुरानो शैलीको अङ्ग्रेजी मिसाउने
योजनाकार विज्ञ
मानौं ऊ नै हो राष्ट्रको सम्पत्ति
देश विकास र उन्नति

मुसुक्क मुसुक्क हाँस्दै
पहाड पर्वतमा हिँड्ने
यो युगको
आधुनिक र सभ्य भन्न रुचाउने
गैरसरकारी संस्थाहरूको आधुनिक मूर्ति
विज्ञ र पण्डितहरूको स्वीकृतिको फुर्ती
देख्नुभएको हुनसक्छ यहाँहरूले
गाउँघर र बस्तीबस्तीमा
विकासको नाउँमा मोजमस्ती

जनताको काँधमा थप्दै ऋणको भारी
विकासका नाउँमा उल्टै सास्ती
देशको विकास र विकासेको फुर्ती ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कृष्णदेव
कृष्णदेव
1 year ago

मीठो कविता

Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
चिलिम् फर्कियौ

चिलिम् फर्कियौ

देविका तिमिल्सिना
काम र कर्तुत

काम र कर्तुत

देविका तिमिल्सिना
आआफ्नो अधिकार

आआफ्नो अधिकार

देविका तिमिल्सिना
सङ्गत विसङ्गत

सङ्गत विसङ्गत

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x