साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिलिम् फर्कियौ

सारा सन्सार मै हुँ भन्दा भन्दै चिलिम् फर्कियौ म जस्तो जान्ने सुन्ने कोही छैन भन्थ्यौ आखिर जनताको नजरमा चिलिम् फर्कियौ चिलिम् फर्कियौ बा तिमी चिलिम् फर्कियौ ।।

Nepal Telecom ad

देविका तिमिल्सिना :

बा ! चिलिम् फर्कियौ
देविका तिमिल्सिना
चिलिम् फर्कियौ बा तिमी चिलिम् फर्कियौ
आसेपासे ढोके छाते गुण्डा ठेकेदार
बिचौलियाको संगतले ढाक्यो तिम्रो संसार

जिन्दगीभर मजदूरी नगर्नेलाई
बनायौ मजदूर नेता अरे
उसकै सल्लाहमा चल्दा चिलिम् फर्कियौ
त्यसैले बा तिमी चिलिम् फर्कियौ !

ज्ञान गुन सीप प्रविधि केही जान्नु छैन
विद्युतीय आविष्कारको जोडान चिन्नु छैन
विश्वमैदान व्यक्ति व्यक्तिले कहाँ कहाँ जोडिसके
खवरदिने मान्छेसम्म विश्वासिलो राख्नुछैन
बा ! तिमी चिलिम् नफर्किए को फर्किन्छ भन ?

कहिल्यै चिनेनौ असल खराब
विद्वान विदुषी लेखक साहित्यकार कलाकार
मात्र राख्यौ चाटुकारहरु दायाँबायाँ
बनाएर साहित्य, कला संस्कृतिका द्वारपाल
ज्ञान, विज्ञान, विज्ञ जनलाई किनारामा पा¥यौ
उखानको दर्शन छाँट्दै सबका मन चुँड्यौ
वैचारिक तेजलाई तीर नबनाई त्यसै अल्मलियौ
बा ! तिमी चुक्यौ धेरै पूँजीवादी जालमा
कसरी डुब्यौ तिमी बेकार व्यक्तिवादी छालमा <

छाड्यौ तिमीले वैज्ञानिक समाजवाद
हरायो तिमीमा अग्रगामी वैचारिक धार
खाडी पुग्यो गरीबको आर्तनाद
यता भयो सर्वाहार क्रान्तिको सर्वनाश ।

सारा सन्सार मै हुँ भन्दा भन्दै चिलिम् फर्कियौ
म जस्तो जान्ने सुन्ने कोही छैन भन्थ्यौ
आखिर जनताको नजरमा चिलिम् फर्कियौ
चिलिम् फर्कियौ बा तिमी चिलिम् फर्कियौ ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
काम र कर्तुत

काम र कर्तुत

देविका तिमिल्सिना
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
आआफ्नो अधिकार

आआफ्नो अधिकार

देविका तिमिल्सिना
सङ्गत विसङ्गत

सङ्गत विसङ्गत

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x