साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गत विसङ्गत

लाग्छ हामी आज जीवन शूल बिताइरहेका छौँ हाम्रा सुख, शान्ति र आराम कैद छन् विनाविराम । अचाक्ली लोभ र पाप बढ्दा भन्थे श्रीकृष्णको जन्म हुन्छ तर जन्मेन कृष्ण सट्टामा जन्मियो मामा कंस ।

Nepal Telecom ad

देविका तिमिल्सिना :

मान्छे आफैँलाई कैद गरेर
स्वतन्त्रताको सलामी चढाउँदै
भोट नामको स्वत्व अर्पेर
अन्याय चुपचाप सहिरहेको छ ।

न्यायको कुरा गर्छु भन्नेहरू
अन्यायमा परेकालाई
आफैँ अन्याय गर्ने
अभ्यास गरिरहेका छन् ।

सर्वत्र रातो राम्रो गोलभेँडाजस्तो
कहाँ हुन्छ मान्छेको मन ?
मात्र पाइन्छ
भित्र कालो छल्छाम् ।

रात पनि दिनजस्तै
झलमल्ल पार्ने कुरामात्र कुरा रहेछ
दिनलाई रातमा पो बदलेछ
कहिल्यै राम्रो नगर्नेले
राम्रोको बहानामात्र गर्‍यो
टाढा पारि क्षितिजमा
सबै सपना चकनाचुर भयो ।

लाग्छ हामी आज
जीवन शूल बिताइरहेका छौँ
हाम्रा सुख, शान्ति र आराम
कैद छन् विनाविराम ।

अचाक्ली लोभ र पाप बढ्दा
भन्थे श्रीकृष्णको जन्म हुन्छ
तर जन्मेन कृष्ण
सट्टामा जन्मियो मामा कंस ।

०००
‘अन्त्यको कहाँबाट सुरु हुन्छ ?’ (२०८०)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
देविका तिमिल्सिना
देविका तिमिल्सिना
2 years ago

धन्यवाद मित्र ।

Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
चिलिम् फर्कियौ

चिलिम् फर्कियौ

देविका तिमिल्सिना
काम र कर्तुत

काम र कर्तुत

देविका तिमिल्सिना
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
आआफ्नो अधिकार

आआफ्नो अधिकार

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x