साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम र कर्तुत

राजकुमार दिक्पालको दन्त्यकथा सुनाएर एक डड्गुर भ्रमका सपनाहरू बाँडचुँड गरियो आफैले कोपरेको आमाको अनुहारलाई ठुलो स्वरले देशभक्तिको सिँगार दिइयो ।

Nepal Telecom ad

देविका तिमिल्सिना

गुफाबाट रातो हात हल्लाउँदै
मैदानमा उत्रेर लडाइँ लडियो
कैयौं काला राताहरू जङ्गली जनावरसँगै बिताइए
भोक र तिर्खालाई आस्थाको दृढताले थिचियो
जङ्गी मिचाहाहरूको सातो उडाउँदै
सत्यको पक्षमा धैर्यसाथ जुटियो

कैयौं महिलाहरूका सिन्दुर पोते हरण गरिए
आमाबाबुका काख रित्ता पारिए
झम्टिरहेको बाघका नङ्ग्रा र दाह्रासँग
अटुट विश्वासका साथ नझुकी सङ्ग्राम गरियो

टालेको दौरामा कट्‌कटिएको मयल
फाटेको चोलीको जीर्ण पन
दिनरातको पसिना चुहाइपछि पनि
भोको पेट र चुहिने छाना
वेगवान् समयको गति अझ तीव्र पार्न
बदल्न कुरूप परिस्थितिलाई र नयाँ सिर्जना गर्न
सपना देख्दै र देखाउँदै सुखी जीवनको
यहाँसम्म आइपुगियो र रोकियो

रोकिनु कहाँ पर्थ्यो र रोकियो कहाँ ?
पुग्नु कहाँ थियो र पुगियो कहाँ ?
अब मुटुमा बग्ने रगत उम्लिन छोड्यो
लड्‌खडाए हातपाखुरा र लुलो भयो शरीर

किताबको भन्टा पो खानु हुँदैन भन्दै
भन्टाको तरकारी खाइरहेका पण्डा झैं
गोकर्णको खोचमा उभिएर
चोभारको गल्छीमा पुगेको बहाना गरियो

यथार्थबाट भाग्दै यथार्थकै कुरा गर्न थालियो
ब्वाँसाहरूले थपडी बजाएर स्वागत गर्न थाले
थाके युधिष्ठिरका तन, मन र मस्तिष्क
थाक्दै गए निरन्तर पिँडुला र पाखुरी वलिष्ठ

शकुनि चालमा स्वागत भजाएर खान थालियो
राजकुमार दिक्पालको दन्त्यकथा सुनाएर
एक डड्गुर भ्रमका सपनाहरू बाँडचुँड गरियो
आफैले कोपरेको आमाको अनुहारलाई
ठुलो स्वरले देशभक्तिको सिँगार दिइयो

जीवन जीवन नै हो
तर जीवन जीवनजस्तो देखाइएन
देखाउनु नपर्ने देखाइयो
देखाउनु पर्ने सबै छोपियो

वर्तमान भागेर विगतभन्दा पर पुग्यो
त्यही परको वर्तमानलाई बल्छी हाल्न
विगतको त्यो कालो टीका
आफ्नै अनुहारमा निर्लज्जता साथ लगाइयो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
चिलिम् फर्कियौ

चिलिम् फर्कियौ

देविका तिमिल्सिना
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
आआफ्नो अधिकार

आआफ्नो अधिकार

देविका तिमिल्सिना
सङ्गत विसङ्गत

सङ्गत विसङ्गत

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x