साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आआफ्नो अधिकार

भारतका कोठीमा नेपाली छोरीहरू आर्तनाद गरिरहेछन् हामीलाई यो नरकबाट उत्रिने हक छ कि छैन ? बेपत्ता पारिएका परिवारजनहरू भन्छन् हाम्रो मान्छेको सास कि लास पाउने अधिकार हाम्रो हो कि होइन ?

Nepal Telecom ad

देविका तिमिल्सिना :

सहरका सडकहरू सोध्छन्
हामीलाई धुँवा धुलोबाट मुक्त हुने हक छ कि छैन ?
सहरका नदीहरू भन्छन्
कारखानाका फोहोर र ढलबिना स्वच्छ भएर
बग्ने हाम्रो हक हो कि होइन ?
छिन्नभिन्न तराईका जङ्गलहरू पुकारा गरिरहेछन्
हामीलाई उजाड हुनबाट रोक्न कोही सक्दैन ?
सुख्खाले छियाछिया भएका पखेराहरू एकै स्वरमा कराइरहेछन्
हामीलाई सिञ्चित हुने हक छ कि छैन ?
नाङ्गा पहाडहरू उदास भएर कराइरहेछन्
हराभरा हुने हक हाम्रो हो कि होइन ?
कणर्ालीका जनताले मागिरहेका छन् खाद्यान्न पाउने
हाम्रो हक पूरा हुन्छ कि हुँदैन ?
विदेशी बाँधले डुबानमा परेका तराईका बस्तीहरू स्वर उरालिरहेछन्
हामीलाई राज्यबाट संरक्षण मिल्छ कि मिल्दैन ?
मिचिएका सीमान्त भूमिहरू भनिरहेछन्
मातृभूमिमा फिर्ता हुने अधिकार छ कि छैन ?
विदेशिएका युवाहरूको एउटै सोधाइ छ
स्वदेशमै काम गर्ने अधिकार पाइन्छ कि पाइँदैन ?
भारतका कोठीमा नेपाली छोरीहरू आर्तनाद गरिरहेछन्
हामीलाई यो नरकबाट उत्रिने हक छ कि छैन ?
बेपत्ता पारिएका परिवारजनहरू भन्छन्
हाम्रो मान्छेको सास कि लास पाउने अधिकार हाम्रो हो कि होइन ?
हामी सोध्छौँ
जनअधिकारको प्रत्याभूति
शासनसत्ता चलाउनेसँग माग गर्नु
सर्वसाधारण जनताको अधिकार हो कि होइन ?

०००
काठमाडौं
‘अन्त्य कहाँबाट सुरु हुन्छ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
चिलिम् फर्कियौ

चिलिम् फर्कियौ

देविका तिमिल्सिना
काम र कर्तुत

काम र कर्तुत

देविका तिमिल्सिना
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
सङ्गत विसङ्गत

सङ्गत विसङ्गत

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x