साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मपाइँ गफ !

मपाईंले विद्वत्ता अनुसन्धानमा सुत्यो, उठेन । मपाईंले राष्ट्रसेवा घट्यो, ढिलासुस्ती बढ्यो, शक्तिविकेन्द्रित भएन, हुनुपर्ने भएन, नहुने भयो । मपाईंले चरित्रहीनता वढ्यो, चाकरी बढ्यो । मपाईंले सृजनालाई खडेर पार्‍यो । मपाईंले भ्रष्टाचार र दुराचार बढ्यो ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

राम्रो म

कखे गुरुले जब चिमोटी-चिमोटी अक्षर सिकाउँथे त्यति बेला उनले गफडीलाई ‘म’ अच्छेर सिकाउँदा ‘राम्रो म भन् मोरा ।’ भन्थे । कुटाइ खाएको गफडीलाई ‘म’ कसरी राम्रो हुन्थ्यो । लागेन, तर पनि करवल ‘म’ भन्ने अच्छेरलाई गफडीले ‘राम्रो म’ नै मानी पढेको थियो, परन्तु सिक्तै जाँदा, पढ्दै जाँदा र बढ्दै जाँदा अनि भोग्दै जाँदा वास्तवमा ‘म’ राम्रै रहेछ । संस्कृतमा ‘म’ लाई बुझाउने शब्द ‘अहम्’ रहेछ । अहम् भन्दा एउटा हुड्ङ्कार गर्जाउँछ । व्यक्तिले यसरी हुङ्कार्दा व्यक्तिलाई निकै राम्रो नै लाग्दो हो ।

सर्वव्यापी म !

‘हलो ! म बोलेको ।’ टेलिफोन । ‘म योग्य, म सधैँ माथि जानुपर्छ ।’ विद्वान् । ‘म कर्मठ ! मेरो कदर हुनुपर्छ ।’ कार्यकर्ता । ‘एक म वलियो लौहपुरुष’ नेता । ‘म कलम माझिएको लेखक’ लेखक । ‘म जागरुक नारी’ नयाँ ठिटी । यी सबतिर नजर लगाउँदा के थाहा हुन्छ भने म सर्वव्यापी छ ।

मपाईं एक रोग

दुनियाँमा धेरै खाले रोग छन्- तीमध्येको एक रोग हो मपाईं । हुन त शास्त्रकारले मपाईंको निकै खोइरो खने, तर यो मरेन, जागरुक छ । मपाईंको रोग नासिने थियो होला ! मनोवैज्ञानिकले ‘अहम्’ नभए रोग लाग्न सक्ने कुरा बताइदिए । फलतः दुनियाँमा मपाईं रोग फैलिएर रहेको छ । यस मपाईंले विनयलाई निध्यायो, योग्यलाई भसायो-उन्नति हुन दिएन । मपाईंले मुढे वली अघि लागे । जागरण अघि लागेन, मपाईंले विद्वत्ता अनुसन्धानमा सुत्यो, उठेन । मपाईंले राष्ट्रसेवा घट्यो, ढिलासुस्ती बढ्यो, शक्तिविकेन्द्रित भएन, हुनुपर्ने भएन, नहुने भयो । मपाईंले चरित्रहीनता वढ्यो, चाकरी बढ्यो । मपाईंले सृजनालाई खडेर पार्‍यो । मपाईंले भ्रष्टाचार र दुराचार बढ्यो ।

पातमा पात ! बातमा बात !

नेपाल राष्ट्र ‘म’ भनोस् र सम्पूर्ण नेपाली हामी ‘म’ भनुन्, तब न केही होला, तर यहाँ पातमा पात हुँदा झै बातमा बात गर्दै छ गफडी- यहाँ देशभक्ति मपाईंपूर्ण छ राष्ट्रसेवा मपाईंले ढाकिएको छ । जता हेर्‍यो एउटा अहम् सर्वव्यापी छ । यसले धेरैलाई ढाकेको छ । ‘फलेको रुख नुहुन्छ’ भन्ने कुरा हाहामा उडे । यस्तै कुरामा आजका गफ उडे । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क २०, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x