साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मपाइँ गफ !

मपाईंले विद्वत्ता अनुसन्धानमा सुत्यो, उठेन । मपाईंले राष्ट्रसेवा घट्यो, ढिलासुस्ती बढ्यो, शक्तिविकेन्द्रित भएन, हुनुपर्ने भएन, नहुने भयो । मपाईंले चरित्रहीनता वढ्यो, चाकरी बढ्यो । मपाईंले सृजनालाई खडेर पार्‍यो । मपाईंले भ्रष्टाचार र दुराचार बढ्यो ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

राम्रो म

कखे गुरुले जब चिमोटी-चिमोटी अक्षर सिकाउँथे त्यति बेला उनले गफडीलाई ‘म’ अच्छेर सिकाउँदा ‘राम्रो म भन् मोरा ।’ भन्थे । कुटाइ खाएको गफडीलाई ‘म’ कसरी राम्रो हुन्थ्यो । लागेन, तर पनि करवल ‘म’ भन्ने अच्छेरलाई गफडीले ‘राम्रो म’ नै मानी पढेको थियो, परन्तु सिक्तै जाँदा, पढ्दै जाँदा र बढ्दै जाँदा अनि भोग्दै जाँदा वास्तवमा ‘म’ राम्रै रहेछ । संस्कृतमा ‘म’ लाई बुझाउने शब्द ‘अहम्’ रहेछ । अहम् भन्दा एउटा हुड्ङ्कार गर्जाउँछ । व्यक्तिले यसरी हुङ्कार्दा व्यक्तिलाई निकै राम्रो नै लाग्दो हो ।

सर्वव्यापी म !

‘हलो ! म बोलेको ।’ टेलिफोन । ‘म योग्य, म सधैँ माथि जानुपर्छ ।’ विद्वान् । ‘म कर्मठ ! मेरो कदर हुनुपर्छ ।’ कार्यकर्ता । ‘एक म वलियो लौहपुरुष’ नेता । ‘म कलम माझिएको लेखक’ लेखक । ‘म जागरुक नारी’ नयाँ ठिटी । यी सबतिर नजर लगाउँदा के थाहा हुन्छ भने म सर्वव्यापी छ ।

मपाईं एक रोग

दुनियाँमा धेरै खाले रोग छन्- तीमध्येको एक रोग हो मपाईं । हुन त शास्त्रकारले मपाईंको निकै खोइरो खने, तर यो मरेन, जागरुक छ । मपाईंको रोग नासिने थियो होला ! मनोवैज्ञानिकले ‘अहम्’ नभए रोग लाग्न सक्ने कुरा बताइदिए । फलतः दुनियाँमा मपाईं रोग फैलिएर रहेको छ । यस मपाईंले विनयलाई निध्यायो, योग्यलाई भसायो-उन्नति हुन दिएन । मपाईंले मुढे वली अघि लागे । जागरण अघि लागेन, मपाईंले विद्वत्ता अनुसन्धानमा सुत्यो, उठेन । मपाईंले राष्ट्रसेवा घट्यो, ढिलासुस्ती बढ्यो, शक्तिविकेन्द्रित भएन, हुनुपर्ने भएन, नहुने भयो । मपाईंले चरित्रहीनता वढ्यो, चाकरी बढ्यो । मपाईंले सृजनालाई खडेर पार्‍यो । मपाईंले भ्रष्टाचार र दुराचार बढ्यो ।

पातमा पात ! बातमा बात !

नेपाल राष्ट्र ‘म’ भनोस् र सम्पूर्ण नेपाली हामी ‘म’ भनुन्, तब न केही होला, तर यहाँ पातमा पात हुँदा झै बातमा बात गर्दै छ गफडी- यहाँ देशभक्ति मपाईंपूर्ण छ राष्ट्रसेवा मपाईंले ढाकिएको छ । जता हेर्‍यो एउटा अहम् सर्वव्यापी छ । यसले धेरैलाई ढाकेको छ । ‘फलेको रुख नुहुन्छ’ भन्ने कुरा हाहामा उडे । यस्तै कुरामा आजका गफ उडे । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क २०, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x