साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शून्य बोध

चित्रगुप्तको ढड्डामा तिम्रो नाम नर्के बहिखातामा चढेको हुनुपर्छ नपुगे नर्के खाडलले खाडलहरू बढेको हुनुपर्छ यमराज त घुसखोरी छैनन् होला नि ? घुस खाए ती पनि सडेको हुनुपर्छ ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद पाैडेल :

शून्य
अर्थात खाली
जसरी आकास छ
जो अनन्त छ

शून्यलाई
चराले मेरो हो
वायुयानले बाटो बनाएको
भानमा मेरै हो ठान्छ
तर शून्य
शून्य नै हो

एउटा कलमको निबले
डल्लो बनाउँदैमा
वा
घेरा हाल्दैमा
शून्य बन्यो भन्नू
एउटा भ्रम भएन र ?
यो कुनै पिँजडामा थुनिएको चरा हो र ?

मान्छे जन्मनु पूर्व
एउटा शून्य हो
मरेपछि अर्को शून्य ?
अलिकति जमिन ओगट्दैमा
एकछिन आकाशमा उड्दैमा
शून्यलाई
मेरो भन्न मिल्छ र ?

ए अङ्कगणित निर्माता हो !
शून्यलाई बाँधेर बन्धनमा
कसरी भयौ ज्ञानी ?
त्यसैले
एकको पछि थप्ने
अर्को नाम खोज शून्यमा
जो गन्न भन्न सकियोस्
शून्य त
भन्नमात्र मिल्छ
गन्न सकिँदैन
शून्यलाइ शून्यमै
हराउँन दिउँ
उस्को अस्तित्व
स्वनिर्मित छ
किन कि
मान्छेभन्दा जेठो
मान्छेभन्दा बाठो
मान्छेभन्दा जान्ने

मान्छे हराउँदा
नहराउँने
त्यही एउटा
शून्य न हो ।

कविता हो र यो ?
स्वाभिमानको गाँस नरुचेपछि
अभिमानको घाँस खानु पर्छ
चिल्ला ओठले बर्बराउँदै
स्वार्थी नमस्कार टक्राउँदा
खस्रो तिरस्कार पाउनु पर्छ ।
हाम्रा त ऋषिनै नारद छ्न्
त्यसैले,
चित्रगुप्तको ढड्डामा तिम्रो नाम
नर्के बहिखातामा चढेको हुनुपर्छ
नपुगे नर्के खाडलले
खाडलहरू बढेको हुनुपर्छ
यमराज त घुसखोरी छैनन् होला नि ?
घुस खाए ती पनि
सडेको हुनुपर्छ ।

०००
मैतीदेवी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x