गाेपेन्द्रप्रसाद रिजालशून्य बोध
चित्रगुप्तको ढड्डामा तिम्रो नाम नर्के बहिखातामा चढेको हुनुपर्छ नपुगे नर्के खाडलले खाडलहरू बढेको हुनुपर्छ यमराज त घुसखोरी छैनन् होला नि ? घुस खाए ती पनि सडेको हुनुपर्छ ।

गाेपेन्द्रप्रसाद पाैडेल :
शून्य
अर्थात खाली
जसरी आकास छ
जो अनन्त छ
शून्यलाई
चराले मेरो हो
वायुयानले बाटो बनाएको
भानमा मेरै हो ठान्छ
तर शून्य
शून्य नै हो
एउटा कलमको निबले
डल्लो बनाउँदैमा
वा
घेरा हाल्दैमा
शून्य बन्यो भन्नू
एउटा भ्रम भएन र ?
यो कुनै पिँजडामा थुनिएको चरा हो र ?
मान्छे जन्मनु पूर्व
एउटा शून्य हो
मरेपछि अर्को शून्य ?
अलिकति जमिन ओगट्दैमा
एकछिन आकाशमा उड्दैमा
शून्यलाई
मेरो भन्न मिल्छ र ?
ए अङ्कगणित निर्माता हो !
शून्यलाई बाँधेर बन्धनमा
कसरी भयौ ज्ञानी ?
त्यसैले
एकको पछि थप्ने
अर्को नाम खोज शून्यमा
जो गन्न भन्न सकियोस्
शून्य त
भन्नमात्र मिल्छ
गन्न सकिँदैन
शून्यलाइ शून्यमै
हराउँन दिउँ
उस्को अस्तित्व
स्वनिर्मित छ
किन कि
मान्छेभन्दा जेठो
मान्छेभन्दा बाठो
मान्छेभन्दा जान्ने
र
मान्छे हराउँदा
नहराउँने
त्यही एउटा
शून्य न हो ।
कविता हो र यो ?
स्वाभिमानको गाँस नरुचेपछि
अभिमानको घाँस खानु पर्छ
चिल्ला ओठले बर्बराउँदै
स्वार्थी नमस्कार टक्राउँदा
खस्रो तिरस्कार पाउनु पर्छ ।
हाम्रा त ऋषिनै नारद छ्न्
त्यसैले,
चित्रगुप्तको ढड्डामा तिम्रो नाम
नर्के बहिखातामा चढेको हुनुपर्छ
नपुगे नर्के खाडलले
खाडलहरू बढेको हुनुपर्छ
यमराज त घुसखोरी छैनन् होला नि ?
घुस खाए ती पनि
सडेको हुनुपर्छ ।
०००
मैतीदेवी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































