साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी ?

यो जुलुसको अग्रभागमा एउटा ब्वाँसो थियो । पछाडि त्यस्तै कुनै दलका कार्यकर्ताहरू नारा लगाउँदै थिए- यसपाली यहि बाख्रोलाई भोट, अरूलाई मतको चोट ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

उसै त म महा अल्छी त्यसमाथि माघको चिसो दिन । जँड्याहालाई धोक्ने निहुँ जत्तिकै सजिलो भो मेरा लागि आजको यो चिसो दिन । विगतका कुकर्महरूको भकारी बोकेर भोट माग्न दाह्रा ङिच्च्याउँदै हिँड्ने पुराना दलका नेता झैं निर्लज्ज भएर दिउसै पसारिएँ । एकछिन पछि निदाएछु भुसुक्कै । अनि त शुरुभयो दिवास्वप्नलोकको सित्तैमा गरिने यात्रा । म पुगेछु खै कता हो एकदम दुर्गम पहाडी स्थानमा । खोलानाला उकालो ओरालो गर्दैरहेछु ।

यस्तैमा एउटा ठाडो उकालो बल्लतल्ल पार गरेपछि एउटा चौतारो आइपुग्यो । म थकाइ मार्न त्यहिँ एकछिन सुस्ताएँ । ठिक त्यसैबेला कतैबाट अस्पष्ट होहल्ला सुनियो । चौतारो वरपरका अपरिचित व्यक्तिहरू पनि दौडँदै आए । होहल्ला अल्लि चर्को भयो र एउटा अनौठो जुलुसजस्तो नजिकै आयो । जुलुसका अग्रभागमा एउटा गधा थियो । त्यो गधाका पछाडि कुनै राजनीतिक दलको झण्डा ब्यानर पर्चा बोकेका एकहूल मानिसहरू थिए । यी मानिसहरू देख्दै डरलाग्दा लामा लामा कपाल पालेका कानमा मुन्द्राहरू लगाएका पाखुरामा खै के केका हो चित्र कोरेका छातीमा विदेशी झण्डा तथा अन्य कुराका मालाजस्ता चिन्हहरू लगाएका थिए ।

उनीहरू नारा घन्काउँदै थिए- यसपालिको चुनाव, यहि गाईलाई एकछाप । हाम्रो दल जिन्दावाद, हाम्रो उम्मेदवार सर्वश्रेष्ठ आदि। यसबाट थाहा भयो त्यहाँ छिटोभन्दा छिटो चुनाव हुँदै रहेछ र त्यसको प्रचार प्रसार चलिरहेको रहेछ । स्थानीय वासिन्दाहरू आपसमा मुखामुख गर्दै थिए । एकैछिनमा त्यो जुलुस कट्यो ।

मानिसहरू यस्सो कुरा गर्न के लागेका थिए फेरि अर्को जुलुस आयो । यो जुलुसको अग्रभागमा एउटा ब्वाँसो थियो । पछाडि त्यस्तै कुनै दलका कार्यकर्ताहरू नारा लगाउँदै थिए- यसपाली यहि बाख्रोलाई भोट, अरूलाई मतको चोट ।

त्यो जुलुस गयो र फेरि अर्को आयो । यो जुलुसको अग्रभागमा थियो एउटा लामा दाह्रा नङ्ग्रा भएको चारखुट्टे प्राणी । त्यसको पछाडि एकहूल मानिसहरू नारा लाउँदै थिए- अबको हाम्रो बिधाता हाम्रो आदर्श पुरानो होइन नयाँले यसपालि जित्नैपर्छ । यो जुलुस पनl हिँड्यो । यस्तै अन्य चार पाँचवटा जुलुस आए र गए । त्यसपछि मैले एक अपरिचित व्यक्तिलाई सोधें यो कुन देशको चुनाव प्रचार हो हजुर ? उसले भन्यो संसारकै सबैभन्दा सुन्दर देशको ।

म त अचानक ब्युँझे र सोचें हैन सपना र विपना मेल खान्छ चैं कसरी ??

०००
२०८२ माघ १६
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x