साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बीउको चित्कार

अन्यथा हाम्रो देशमा आयात फुल्नेछ स्वदेशीपन खुम्चिनेछ । हामीले हार्नेछौँ, वीर गोर्खालीपन इतिहासमै सीमित हुनेछौँ ।

Nepal Telecom ad

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :

नेपालले
नयाँ बीउ जन्माएको
साठी बसन्त नापिसक्यो,
तर जीवनले काँचुली फेर्न सकेन ।
दुःख र प्रतीक्षामै सकियो–
न घाम पायो,
न भराेसा ।

छिमेकीको बारी
विहानी किरणमा चम्कँदै
हाँसोले लहलहाउँदा
हाम्रो बारीको हाँसो
मौनताले निचरिएको छ ।

हाम्रा सबै बीउले
न किसानको माया नाप्न पाए,
न माटोको सुगन्ध सुँघ्‌न
न खुल्ला आकाश हेर्न ।
किसानको मन
भत्किएको छ,
चिरिएको छ,
आँसुले भरिएको छ ।

बीउका
कानुनी धुन बजाउने बाँसुरी
दक्षिण एसियामै अब्बल छन्,
तर बजाउन नसक्दा
दर्शक रमाउन सक्दैनन् ।

कति नेपाली बीउ
पोषण र जलवायुसँग
लड्न सक्ने जन्मिए पनि
कुँजो बनाइए–
न सहजै हिँड्न पाए,
न किसानको खेतमा
सजिनै ।

त्यसैले
पराइको बीउले
अबैध मार्गबाट
रातो कार्पेटसहित
वैध मुस्कान पाउँछ
अनि फुल्छ,
हाम्रा खेतबारीमा ।

आत्मनिर्भरता
डाँडामाथिको घाम बनेर
अस्ताउँदै छ
आयातको छायाँमा
हाम्रो भान्सा थलिँदै ।

बीउ
कृत्रिम गमलामा
ढकमक्क फुलेको छ,
सत्यताको माइक्रोस्कोपले
छर्लङ्गै देखिन्छ ।

कति विज्ञले
प्रयोगशालामा
शकुनिको अस्त्र चलाएर
बाउ–आमा
छोरा–छोरी बनाइरहे,
छोरा–छोरी
बाउ–आमा ।

अनि अन्यौलमा छौँ
किसान,
न्यायमूर्तिहरु
र हामी सबै ।

अब
बीउका न्यायमूर्तिहरु जाग्नैपर्छ,
सारा जनता जाग्नैपर्छ
सरकारी–निजी हातेमाले गर्दै,
थिचिएका बीउलाई
न्याय दिँनैपर्छ ।

तब मात्र फुल्नेछ
हाम्रो बीउबिजन–
हाम्रो घर, आगन, कौसी,
बगैँचा र चौतारामा,
भान्साको
थाल र कचौरामा ।

अन्यथा
हाम्रो देशमा
आयात फुल्नेछ
स्वदेशीपन खुम्चिनेछ ।
हामीले हार्नेछौँ,
वीर गोर्खालीपन
इतिहासमै सीमित हुनेछौँ ।

त्यसैले
बेलैमा
पुनः बौरिनु पर्छ
हाम्रो गुणस्तरीय बीउ–
देशमा पनि
विदेशमा पनि ।

०००
नागार्जुन– १०, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
0
Would love your thoughts, please comment.x
()
x