साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रगत रातो छ

शोषणको अन्त गर्न शोषकहरू स्वाङ रच्छन् सुन्दर आवरणभित्र कालो राक्षस लुकेको हुन्छ, यो समाज यस्तै विसङ्गत छ यहाँ क्रान्तिको बिगुल बज्नुपर्छ ।

Nepal Telecom ad

तेजप्रकाश श्रेष्ठ :

बलेको बत्ती हेर यहाँ
जलन रातो छ
मुटुको ढुकढुकी नियाली हेर
रगत रातो छ ।

करोडौँ पुँजीपति पनि
सर्वहाराको ढोङ रच्छन्
दसौँ महलका मालिकहरू
पूर्वाभासका हकदार बन्छन्
यो समाज यस्तै उल्टो छ
युगौँदेखिको उल्टो सुल्टनुपर्छ ।

देशको पाखा पाखा हेर
गुराँस रातो छ
मेरो र तिम्रो हृदय हेर
रगत रातो छ ।

शोषणको अन्त गर्न
शोषकहरू स्वाङ रच्छन्
सुन्दर आवरणभित्र
कालो राक्षस लुकेको हुन्छ,
यो समाज यस्तै विसङ्गत छ
यहाँ क्रान्तिको बिगुल बज्नुपर्छ ।

निधारको टीको हेर
सङ्घर्षको सिम्रिक रातो छ
राष्ट्रियतालाई गमेर हेर
रगत रातो छ ।

२०२९ साउन १५

०००
जाँगरकाे कल्पवृक्ष (२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x