साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हमर लिएर ढुंगा कुट्दै ती आमा

कुप्रो शरिर काँपिरहेका यी हातले ढुंगा कुट्दा त झन् प्राणनै ज्याला जस्तो रातभरि हात दुखेर सुत्न सक्दिनँ म।

Nepal Telecom ad

भावना न्याैपाने :

रित्तो सडकमा हमर लिएर ढुंगा कुट्दैछु म
हातमा ठेला पेटमा भोक
अनि बुढो शरीर लिएर।

कुनै बेला मेरो पनि समय थियो
बाल्यकालमा यसले किन खाइन भनेर
सोध्ने बाबा आमा
अनि उनीहरुको निस्वार्थ
प्रेम थियो।

तर आज म छोरा छोरी भएर पनि
एक्लो छु नितान्त एक्लो बुढो
शरिर भए पनि भोक त लाग्दो रहेछ
म मरि मरि ढुंगा कुट्दैछु।

बाटोमा आउँने जानेले आमा भनेर बोलाउँछन्
म आफूसँग केही
पीडा नभए जस्तै गरि हाँसि दिन्छु
रोएर पनि के गर्नु आफ्नो भाग्य
आफैंसँग हुँदोरहेछ।

लाग्थ्यो बुढेसकालमा छोरा छोरीको
साथ र माया पाउँनेछु
छोरा छोरी सबैले साथ मेरो छोडिदिए।

कुप्रो शरिर काँपिरहेका यी हातले
ढुंगा कुट्दा त झन् प्राणनै ज्याला
जस्तो रातभरि हात दुखेर सुत्न सक्दिनँ म।

तेल लगाउँछु आगोमा सेकाउँछु
फेरि भोलि बिहान त ढुंगा कुट्न
जानै पर्याे आफ्नो जीवन धान्नै पर्यो।

बेला बेलामा मेरा छोराछोरीहरुलाई सँम्झन्छु
आँसुका धारा बगाउँछु
आँसुको धारा बगाएर मात्रै के गर्नु
बाँच्नै पर्ने रहेछ
फेरि आफ्नो काममा लाग्दछु।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x