साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्तामोडमा साउतीको पन्ध्रौं हास्यव्यङ्ग्य श्रृङ्खला सम्पन्न

डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यमा पन्ध्रौं साउती हास्यव्यङ्ग्य कविगोष्ठी साहित्य चौतारी बिर्तामोड झापाको सभाहलमा सम्पन्न गरिएको छ।

Nepal Telecom ad

झापा, २०८२ असोज २५ । पन्ध्रौं साउती हास्यव्यङ्ग्य कविगोष्ठी साहित्य चौतारी बिर्तामोड झापाको सभाहलमा सम्पन्न गरिएको छ।

कार्यक्रम डा. तुलसी भट्टराईको अध्यक्षतामा र डाक्टर तुलसी भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो ।

आयोजक तथा प्रायोजकको तर्फबाट साहित्य चौतारी, बिर्तामोड झापाका प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम ‘ साउती’ (हास्यव्यङ्ग्य कविता सङ्कलन) को पन्ध्रौँ कृति दर्शक श्रोताहरुको हातबाट सामूहिक विमोचन गरिएको थियो ।

विमोचित कृतिको समीक्षा कार्यक्रमका प्रमुख अतिथि डाक्टर तुलसी भट्टराईले गर्नु भएको थियो ।

भारतको सिलगढीबाट सम्पादित तथा प्रकाशित हुँदै आएको साउतीको पन्ध्रौ श्रृङ्खलामा नेपाल र भारतका गरि १२ जना कविहरुका हास्यव्यङ्ग्य कविता सङ्ग्रहित छन्।

कार्यक्रममा उपस्थित १०जना कविहरुले वाचन गरेका उत्कृष्ट १० कविताहरुलाई सहभागी श्रोताहरूको प्रत्यक्ष मूल्याङ्कनका आधारमा नगदसहित पुरस्कृत गरिएको साउतीका संयोजक, सम्पादक, सङ्कलक, प्रकाशक मुक्तिप्रसाद उपाध्यायले बताए ।

कार्यक्रममा क्रमशः लक्ष्मण गाम्नागे काठमाडौ `त्यता नहेर्नू यता हेर्नू ´कविता प्रथम, उषा शर्मा गान्तोक सिक्किम `बुढ्यौली व्यथा´कविता दोस्रो, दीपक दवाड़ी तेजपुर आसाम`लोग्ने´ कविता तेस्रो, कोमलप्रसाद पोख्रेल झापा `सक्तैन यो कोमल´कविता चौंथो, महिम आचार्य तेजपुर आसाम`भाग्यमानीको फराकिलो निधार´कविता पाँचौं, रत्न लक्सम सुब्बा गान्तोक सिक्किम`बोको र बेहुलो´कविता छैटौं, खगेन्द्र नेउपाने झापा `ल्याथ्रो साँढे´कविता सातौं, ललिता जोशी छेत्री सिलगढी `मगन्ते´कविता आठौं, देवीचरण भण्डारी` झापा झोलेचम्चे हैन´कविता नौं र विनोद खनाल झापा पाँच मुक्तक दसौं भएका थिए।

कविता वाचन गर्ने सबै कविहरुलाई प्रमाण पत्र र उपहार प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी ७ जना उत्कृष्ठ स्रोताहरुलाई समेत सम्मान गरिएको थियो।

सुरुङ्गा निवासी प्रख्यात कवि कोमलप्रसाद पोखरेललाई साउती विशेष सम्मानद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा भारत वर्षकी चर्चित गायिका जुनु गौतमले जीवन अधिकारीको शब्द सङ्गीत रहेको गीतबाट दर्शक स्रोतालाई छमछमी नचाउन सफल भएकी थिइन् ।

कार्यक्रममा कुबेर दाहाल र चन्द्रप्रकाश गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्पादकीय मन्तव्य मुक्तिप्रसाद उपाध्यायले गर्नु भएको थियो।

कार्यक्रमको सञ्चालन लतिका जोशीले गरेकी थिइन् ।

०००
दिलिप घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x