फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानले अर्याल र पल्लवलाई सम्मान गर्ने
भेषजबिन्दु साहित्यिक पुरकार यस वर्ष स्रष्टा श्रीअनन्त अर्याल र अग्निकुमार रेग्मी `पल्लव´ लाई प्रदान गर्ने भएको छ ।

स्याङ्जा, २०८२ असाेज २५ । भेषजबिन्दु साहित्यिक पुरकार यस वर्ष स्रष्टा श्रीअनन्त अर्याल र अग्निकुमार रेग्मी `पल्लव´ लाई प्रदान गर्ने भएको छ ।
स्याङ्जा जिल्लाकै अग्रणी साहित्यकार भेषजराज शर्माको नाममा २०६३ सालमा स्थापना भएको भेषजराज साहित्य प्रतिष्ठानले नेपाली भाषा-साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्रष्टा/द्रष्टाहरूलाई २०७४ सालदेखि भेषजबिन्दु साहित्यिक पुरकार प्रदान गर्दै आएको छ ।
यस वर्ष प्रतिष्ठानको मिति २०८२/४/१० गतेको बैठकबाट गठित प्रतिभा छनोट समितिको सिफारिसमा वालिङ नगरपालिका वडा नं. १४ का स्रष्टा श्रीअनन्त अर्याललाई र भेषजराज साहित्य सम्मान वालिङ नगरपालिका वडा नम्बर ५ का स्रष्टा श्रीअग्निकुमार रेग्मी `पल्लव´ लाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले उक्त सम्मान र पुरस्कार भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा मिति २०८२ साल कार्तिक ८ गते शनिबारका दिन वालिङ नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।
उक्त दिन प्रतिष्ठानले २०७५ साल जेठदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको मासिक नियमित रचनावाचनको ९० औँ शृङ्खला समेत सञ्चालन गरिने भएकाे छ ।
प्रतिभा छनोट समितिमा संयोजक प्रतिष्ठानका सल्लाहकार प्रेमराज लुइँटेल र सदस्यहरूमा गङ्गा कर्माचार्य पौडेल र रीना राना हुनुहुन्थ्यो ।
०००
श्याम ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































