साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्राडा पोखरेललाई प्रदान

नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खलामा सो पुरस्कार प्रदान गरिएको हो ।

Nepal Telecom ad

काठमाडौँ । भाषावैज्ञानिक, समालोचक एवम् निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गरिएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित साहित्य सन्ध्याकोे ४८१ औँ विशेष शृङ्खलामा सो पुरस्कार प्रदान गरिएको हो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रा.डा.अभि सुवेदीले साहित्य सन्ध्याको चार दशकभन्दा लामो निरन्तरको सव्रmीयता अनुकरणीय रहेको बताउनुभयो । उहाँले सम्मानित व्यक्तित्व प्रा.डा.माधव्रसाद पोखरेल नेपालका अत्यन्त दुर्लभ, अथकित अनुसन्धानमा लागेका विद्वान् भएको चर्चा गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्रा.डा.पोखरेलले एकोहोरा काम मात्र गरिरहने मान्छेलाई साहित्य सन्ध्याले सम्झेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रा.डा.हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो । पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गोविन्द भट्ट र पुरस्कृत व्यक्तित्व पोखरेलका विषयमा चर्चा गर्नुभएको थियो ।

नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले २०३९ साल पुस २ गते बुधबारदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा साहित्य सन्ध्याको थालनी गरेको हो । साहित्य सन्ध्याले हालसम्म ७८ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिसकेको छ ।
०००
रमेश पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x