साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशी साल – देशी धमाल

हिजो आए जस्तो लाग्छ, पुरानो भै हाल्छ नयाँ साल, न कुनै उत्तर न सवाल यो सबै यस कालको कमाल। समय हो समय-असमय, विभिन्न स्वरूप देखाउँछ नै, राख्छ शान्ति उसैले नै, काट्न सक्छ कालको जाल।

Nepal Telecom ad

लक्ष्मण नेवटिया

१.
देशी होस् कि विदेशी होस्,साल पक्कै फेरिन्छ,
विगतका भूलहरू सुधार्न हिजोका ऐना हेरिन्छ।
त्रुटि फेरि नदोहोरियोस् समीक्षा सटीक गर्नैपर्छ,
नयाँ सोच र नयाँ दिशाले भावी जीवन खारिन्छ।

२.
सोच उही रहेसम्म के नै हुने हो साल बदलेर,
बाटो उही रहेसम्म के नै हुने हो चाल बदलेर।
विक्रम बयासी आयो, ईस्वीले छब्बीस ल्यायो,
ल्याउनुछ खुशियाली, बेथिति-विकृति बदलेर।

३.
पात्रो फेरिदैमा मात्र कहिल्यै जीवन फेरिँदैन,
आत्मसमीक्षा नगरे सम्म सही बाटो भेटिदैन।
आफूमाथि आफैले राख्नुपर्छ कडा निगरानी,
झूटा कपटी कर्मले जीवनको दिशा बदल्दैन।

४.
आफ्ना भूलहरू लुकाएर कहिल्यै भविष्य बन्दैन् ,
भएका त्रुटी गहिराइले नसुधारेसम्म बाटो सुध्रँदैन्।
भूल जस्तो भए पनि स्वीकार्नु, हार होइन-जीत हो,
आत्म समीक्षा नगरे,साल फेरिन्छ परिवर्तन हुँदैन्।

५.
हिजो आए जस्तो लाग्छ, पुरानो भै हाल्छ नयाँ साल,
न कुनै उत्तर न सवाल यो सबै यस कालको कमाल।
समय हो समय-असमय, विभिन्न स्वरूप देखाउँछ नै,
राख्छ शान्ति उसैले नै, काट्न सक्छ कालको जाल।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x