साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश-६३)

अग्ला छन् हितकर्म सुन्दर जहीँ को सक्छ व्याख्या गरी ? छन् विज्ञान दसी गरे मनन ता जो दिव्य आभा सरि ।। हाम्रै लागि सधैँ समर्पित भए यो बुझ्न जान्यो भने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

बाबुआमा समाएर, काव्य बाटो हिँडाउँछु ।
अकृत्य चेतका पोली, सौम्य सार फिँजाउँछु ।।०१।।

मान्छेको मन दौडन्छ, कर्तव्य खुद त्याग्दछ ।
लिए बुद्धि समाएर, कृत्यको भाव जाग्दछ ‌‌।।०२।।

मान्छे आफैँ उँचो गन्छ, ज्ञानपुञ्ज नकार्दछ ।
यही बाटो चुने उल्टो, आफैँलाई पछार्दछ।।०३।।

मनको चञ्चले चाल, ज्ञानबुद्धि भगाउँछ ।
मन सन्त्रासमा डुब्छ, कृत्यमा त्रास छाउँछ।।०४।।

वृद्ध हुन् कर्मका मन्त्र, प्राप्तिका मूल सुन्दर ।
सोधीखोजी जपे मन्त्र, समुन्नत बन्यो घर ।।०५।।

मान्छे ज्ञानविहीन बन्दछ भने को भन्छ मान्छे भनी ?
छान्दै ज्ञान सुमार्ग हिँड्दछ भने सम्मान गर्छन् गनी।।
सच्चा मार्ग चुनी बढ्यो अगि भने बन्नेछ तारा छुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।०६।।

अग्ला छन् हितकर्म सुन्दर जहीँ को सक्छ व्याख्या गरी ?
छन् विज्ञान दसी गरे मनन ता जो दिव्य आभा सरि ।।
हाम्रै लागि सधैँ समर्पित भए यो बुझ्न जान्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।०७।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x