फित्काैली डटकमकालिकामा स्रष्टा सम्मान एवम् तीन कृति विमोचन
परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तथा महाकाव्यकार लकाश शर्मा पौडेलको प्रमुख आतिथ्यता एवम् केशवराज आमोदी हुनुहुन्थ्याे ।

चितवन, २०८२ पुस १९ । कालीगण्डकी साहित्य परिषद् कालिका, चितवनले शनिबार एक समारोहबीच चिरञ्जीवी दाहालको निबन्धसङ्ग्रह ‘अज्ञात यात्रा’, गणेश शर्मा पौडेलको काव्य ‘दृश्यावलोकन’ र गोविन्दराज– गोपिकादेवी शर्माको ‘स्मृति ग्रन्थ’को विमोचन गरेको छ ।
तीनवटै कृति कालीगण्डकी साहित्य परिषद् चितवनले प्रकाशन गरेको हो । कार्यक्रममा डा. केशवराज चालिसेले दृश्यावलोकन, प्राध्यापक कपिल अज्ञातले अज्ञात यात्रा र चिरञ्जीवी दाहालले गोविन्दराज– गोपिकादेवी स्मृति ग्रन्थको बारेमा चर्चा गरेका थिए ।
यस्तै, सम्मानित व्यक्तित्व डिआर पोखरेलको व्यक्तित्व र कृतित्वका बारेमा डा. एकनारायण पौडेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा भाषा, साहित्य, अनुसन्धान र साहित्यिक पत्रकारिताको क्षेत्रमा लामो समयसम्म क्रियाशील साहित्यकार डिआर पोखरेललाई ‘कालीगण्डकी साहित्य सम्मान–२०८२’द्वारा सम्मान गरिएको थियो ।
परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तथा महाकाव्यकार लकाश शर्मा पौडेलको प्रमुख आतिथ्यता एवम् केशवराज आमोदी, डा. धनेश्वर भट्टराई, पूर्णप्रसाद अधिकारी, धनराज गिरी, राजेन्द्र घायल, होमनाथ घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए । परिषद्का उपसभापति चिरञ्जीवी दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा परिषद्का सहसचिव टीकाराम पराजुलीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
०००
चितवन पाेष्टबाट
Subscribe
Login
0 Comments
Oldest






































