साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १५३ औँ सिर्जना वाचन

शिराेमिण लेखनाथ पाैडेल विशेष यस शृङ्खलामा संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा रामचन्द्र न्याैपानेकाे प्रमुख आतिथ्यमा प्रविधिकाे माध्यमबाट सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ स १९ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १५३औँ मासिक सिर्जनावाचन कार्यक्रम सम्पन्न भयाे ।

कवि शिराेमिण लेखनाथ पाैडेल विशेष यस शृङ्खलामा संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा रामचन्द्र न्याैपानेकाे प्रमुख आतिथ्यमा प्रविधिकाे माध्यमबाट सम्पन्न भएकाे हाे । संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

कविगोष्ठीमा विभिन्न छन्दका कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे । उपस्थित कविहरुले देश भक्ति भावले भरिएका, कवि शिराेमणीकाे बारेमा तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, खाेलाघरे साहिलाे, सुधा बाँस्कोटा ढकाल, जगदिश्वर पाेखरेल, गंगा आचार्य सापकाेटा, दुर्गा सिग्देल, बिनुबाबा घिमिरे, गङ्गा भण्डारी, सूर्य कुमार पण्डित, शारदा कार्की, द्वारिका कुइकेल, हरिप्रसाद चाैलागाई, राम चन्द्र न्याैपाने हुनु हुन्थ्यो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता गुणस्तरका रहेकाे बताउँदै कविगोष्ठी गरिमामय भयो, सभ्य, भव्य र नव्य भयो भन्नु भयाे । कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

०००
सुधा ढकाल बास्काेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x