साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्दआश्रम ज्ञान केन्द्रको साहित्यिक तथा वैचारिक गोष्ठी

आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न नियमित मासिक गोष्ठीको ३५औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह "आक्रोश"को विमोचन समेत भएको थियो।

Nepal Telecom ad

स्याङ्जा, २०८२ पुस १९ । आनन्द भवन, आनन्दआश्रम आँधीखोला ६ फापरथुम-स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भयो ।

आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न नियमित मासिक गोष्ठीको ३५औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह “आक्रोश”को विमोचन समेत भएको थियो। यस गोष्ठीको सभापतित्व संस्थाका अध्यक्ष टिकाराम ढकालद्वारा भएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागीहरूलाई मन्तव्यद्वारा स्वागत गर्ने काम संस्थाका उपाध्यक्ष दीप्तिनारायण शर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारी हुनुहुन्थ्यो।

प्रमुख अतिथिले, आनन्दआश्रमका साहित्यिक गतिविधिले ग्रामीण क्षेत्रमा साहित्यिक जागरण ल्याएको कुरा बताउनुभयो । उहाँले कार्यक्रममा गीत, कविता, लघुकथा आदि प्रस्तुत गर्ने सर्जकहरूको प्रशंसा गर्नुहुँदै विमोचित कवितासंग्रहका रचनाकार हिमलालपुरीलाई

कवितासंग्रह “आक्रोश”को प्रमुख अतिथिद्वारा विमोचन गरिँदा कार्यक्रमस्थलमा तालीको गढगडाहटद्वारा स्वागत गरिएको थियो। पुस्तक समीक्षा गर्ने प्रभावकारी काम स्याङ्जाका पाका कवि चिन्तु गिरीले सुसम्पन्न गर्नुभएको थियो। रचनावाचन गर्ने सम्पूर्ण साहित्यकारहरूले कवितासंग्रह विमोचन कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै रचनाकारप्रति आभार प्रकट

कार्यक्रममा हिमलाल पुरी, चिन्तुगिरी, हिमालयजंग बानिया, राजेन्द्र श्रेष्ठ, नारायण लमसाल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना र त्रिलोचन ढकालले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो।

संस्थालाई “पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान”द्वारा प्राप्त जिम्मेवारी अनुसार स्याङ्जा जिल्लाको एक उत्कृष्ट छात्रा र एक उत्कृष्ट छात्र छनोट गर्नुपर्ने थियो। त्यो जिम्मेवारी पूरा गर्नको निम्ति विद्यार्थीहरूका बीचमा हलमा नै शीर्षक दिएर कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो । कविताको शीर्षक “आँधीखोला” दिइएको थियो। त्यसको मूल्याङ्कन गर्नको निम्ति चिन्तु गिरी, हिमलालपुरी र राजेन्द्र श्रेष्ठका बीचमा मूल्याङ्कन समिति बनेको थियो।

मूल्याङ्कनको परिणाम अनुसार पूर्णामृत भवानी मावि वालिङ्की छात्रा स्मारिका अर्याल छात्राहरूमध्ये र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल छात्रहरूमध्ये उत्कृष्ट ठहरिनु भएको थियो । उहाँहरुलाई २०८२ माघ २४ गते काठमाडौँमा, “पण्डित आनन्दमणि टुल्की नन्दकलाप्रतिष्ठान”ले पुरस्कार तथा सम्मानद्वारा सुशोभित गर्नेछ । प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थीहरूलाई आनन्दआश्रम ज्ञान केन्द्रले सहभागी भएवापत सम्मान तथा पुरस्कार अर्पण गरेको थियो ।

अन्त्यमा, सभापतिको प्रभावकारी मन्तव्यका साथ कार्यक्रम समापन भएको थियो। संस्थाका सचिव दोलराज ढकाल र उपसचिव खेमनारायण लामिछानेले आलोपालो गरेर कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

०००
त्रिलाेचन ढकालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x